धार्मिक सदभावको सन्देश, हिन्दु–मुस्लीम मिलेर गरे अष्टजाम

 न्यूज विराट
धार्मिक सदभावको सन्देश, हिन्दु–मुस्लीम मिलेर गरे अष्टजाम

विराटनगर । विराटनगरका हिन्दु मुस्लिम समुदायका ब्यापारीहरुले धार्मिक एकताको सन्देश दिन अष्टजाम सुरु गरेका छन् । विराटनगर ११ स्थित नयाँ गुद्री बजारमा मुलुकमा धार्मिक एकताको सन्देश दिन हिन्दु मुस्लिम मिलेर अष्टजाम गरेका हुन् ।
हिन्दु धर्मालम्वीहरुको पवित्र पर्व महाशिवरात्रीको अवसरमा उनीहरुले एक भएर ७२ घण्टे अष्टजाम सुरु गरेका छन् । पछिल्लो क्रममा मुलुकको विभिन्न स्थानमा धार्मिक एकता खलबल्याउन विभिन्न समुह सक्रिय भएर लागेकाले विराटनगरमा धार्मिक एकताको सन्देश दिन अष्टजाम सामुहिक रुपमा सुरु गरेको सब्जी मण्डी तथा गुद्धी बजार व्यबस्थापन समितिका सचिव साहेव अहम गुड्डुले जानकारी दिए ।

आपसी भाईचारा र धार्मिक सहिष्णुता अभिवृद्धी गरी मुलुकमा दिगो शान्ति र जनभावना अनुसारको राजनीतिक स्थिरताको कामनाका लागि ७२ घण्टे अष्टजाम सुरु गरेको उनले बताए । समाजमा बिभिन्न धर्मालम्वीहरु रहेकाले कुनै धार्मिक भावना माथी ठेस पुग्ने काम गर्ने नहुने र प्रत्येक धर्म ,रिती रिवाजलाई संरक्षण गर्न, एक आपसमा सहयोग गर्ने भावना जागृत गराई आपसी भाईचारलाई झन् बलियो बनाउन सन्देश दिन अष्टजाम आयोजना गरिएको समितिका सचिव तथा अष्टजाम उपसमितिका प्रमुख सल्लाहकार साह्व अहमद गुडु (मियाँं)ले बताए । राजनैतिक स्वार्थ पुरा गर्ने समाजमा जात तथा धर्मको नाम हुने गरेको धार्मीक सम्प्रदायिक विभेद अन्त गर्न तथा अराजकता मचाउने तत्वलाई निस्तेज पारी मुलुकमा शान्तिको स्थापना गर्न अष्टजामको आयोजना गरिएको गुड्डु (मियाँ)ले बताए । गुद्रीका व्यापारीहरको सामुहिक निर्णयबाट आयोजना हुने सो अष्टजाम हिन्दु धर्मको परम्परा तथा रितिरिवाज वाट हुने गरेको छ । हिन्दु र मुस्लिम एकै साथ प्रसाद वितरण गर्ने गरेका छन् ।
गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतका अनुसार अष्टजाम सम्पन्न गर्न ७ लाख भन्दा बढि रकम खर्च हुने छ । विराटनगर–११ को नयाँ गुद्री बजारमा ठूला, मझौला र साना गरेर २०५ भन्दा बढि पसल सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार

अब घरघरमै भत्ता, औषधि र तरकारी

झापा, ११ वैशाख-झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्‍याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी...

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।...

६ वर्षदेखि फरार डाँका मुद्दाका अभियुक्त समातिए

जनकपुर, २८ जेठ-६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक...

प्रदेश १ मा शनिबार १३ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर २७ असार–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

एनसीडिए कोशी प्रदेशका अध्यक्षका उम्मेदवार धनराज काफ्लेका यस्ता छन् चुनावी प्रतिवद्धता

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्लेका समूहले चुनावी प्रतिवद्धता घोषणा गरेका छन् । एनसीडिए कोशी प्रदेश अध्यक्षका उम्मेदवार काफ्लेको समूहले चुनावी घोषणा पत्र...

अनैतिक सम्बन्धको आशङ्कामा तीन जना सहयोगी लिएर यसरी गरे रमेशले श्रीमतिको हत्या

विराटनगर । श्रीमतिको अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आफ्नै श्रीमानले तीन जना सहयोगी लिएर हत्या गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । विराटनगर – १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनार साहको हत्या आफ्नै...

‘नटवरलाल’ उमेश विश्वकर्माः विधानमा २ वर्ष बोर्डमा ३ वर्षे कार्यकाल

विराटनगर, असार ४–रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै गएको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्माले बहुमत साधारण सदस्य, संस्थापक सदस्यहरुको उपस्थिती र सहभागिता बिनै फर्जि साधारणसभा गरेर आफु अध्यक्षमा टिकिरहने गरेको...

विराटनगरको पोखरीया देशकै उत्कृष्ट सामुदायिक विद्यालयबाट सम्मानित

विराटनगर । विराटनगरमा रहेको रहेको पोखरीया उच्च माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भएको भन्दै सम्मान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच पोखरीया माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भन्दै सम्मान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्