विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी खानेपानी आयोजनाको शनिबार भएको तेस्रो वार्षिक साधरणसभाको उद्घाटन गर्दै मन्त्री मगरले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले खानेपानी आयोजना विस्तारको लागि प्रदेश सरकार लागि पर्ने बताए । ‘अहिले मोरङ, सुनसरी र झापामा थुप्रै खानेपानी आयोजनाहरू अधुरो रहेको पाइएको छ,’ उनले भने, ‘यी स्थानमा मैले प्रत्यक्ष रुपमा अनुगमन र पनि गरेको छ । अधुरो रहेको आयोजनाहरु निमार्ण सकेर उपभोक्तालाई स्वच्छ सफल खानेपानी पु¥याउन आयोजना गर्ने इकाइ कार्यालयहरूलाई मैले निर्देशन दिएको छु ।’ सरकारको एक घर एक धरा नीतिलाई आत्मसाथ गर्दै खानेपानी आयोजनाहरु अगाडी बढनुपर्ने उनले बताए ।
कार्यक्रममा कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी खानेपानी आयोजनाले उपभोक्ताको अपनोत्व हुने गरी खानेपानी वितरण गर्दै अगाडी बढेको बताए । आगमी दिनमा थप सेवा विस्तार गरेर अगाडी बढनुपर्ने उनले बताए । कटहरी खानेपानी आयोजनाका अध्यक्ष विद्यानन्द चौधरीले आयोजनामा हालसम्म १ हजार ३ सय ६० घरधुरीलाई पानी वितरण गर्दै आएको जानकारी दिए । अझै पनि धारा मागको संख्या अत्याधिक आइरहेको उनले बताए । कटहरीका उपभोक्तालाई सुलभ र सहज तरिकाले खानेपानी वितरण गरेको उनले बताए । २०५७ सालमा स्थापना भएको आयोजनामा कटहरी गाउँपालिका भरी पानी वितरण गरेको छ । यस संस्थाले पानी वितरण अहिले दैनिक १६ घण्टा हुँदै आएको छ । आयोजनामा ओभरहेड ट्याङकी तथा पाइपलाइन, बोरिङ कार्यको डिपीआर भइरहेको बताइएको छ । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पनि सम्मान गरेको छ । कार्यक्रममा टुम्नी देवी चौधरी, शान्तीदेवी राजवंशीलगायतलाई सम्मान गरियो । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर मन्त्री बुर्जामगरले सम्मान गरे ।
विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालको एनआइसियू बन्द भएको दुई वर्षभन्दा बढी समयपछि सुचारू भएको छ । अस्पतालको आकस्मिक कक्ष माथिको भवनमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी बन्द भएको लामो समयपछि पाँच शैय्याको...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...
विराटनगर, ५ माघ । झापा दमक(४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र...
काठमाडौं, ७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुले पनि कोरोना भाइरस (कोभिड-१९)को जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले लकडाउनलाई हटाएर सन्त्रासमा रहेको जनजीवनलाई सामान्य अवस्थामा ल्याउन प्रयास गरेको भए...
विराटनगर, १५ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो...
बझाङ, ८ असार-बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् । ३ दिन अघि मात्र भारतको...
विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका...
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुचारू गरेको छ । ल्याबवको नयाँ बनाएको आधुनिक भवनको सोमबार उद्घाटन अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गरे...