तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका
बुधबार, २६ असोज, २०७९,
न्यूज विराट
विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ । रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका मंगलबार दिउँसो बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न प्रकारका पटका १ सय ७ बण्डल बरामद गरिएको छ । त्यस्तै मारुती भ्यानमा राखेर ल्याउँदै गरेको पटका प्रहरीले विराटनगर महानगरपालिका–१२ बाट सोमबार साँझ बरामद गरेको छ । भारतबाट भन्सारले गरेर विद्युतीय सामान ल्याउँदै गरेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको प्रहरी टोलीले को १ च ३१७८ नम्बरको भ्यानलाई रोकेर जाँच गरेको थियो ।
भ्यानभित्र तस्करी गरेर ल्याइएको ५ लाख ७७ हजार मूल्य बराबरको विद्युतीय सामान र पटका फेला परेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार विद्युतीय सामान, पटका र भ्यानसहित चालक विराटनगर–१५ का ३९ वर्षीय धनकुमार भण्डारीलाई नियन्त्रणमा लिइएको छ ।
बरामद पटका प्रहरीले नष्ट गर्ने गरेको छ । ठूलाठूला आवाजमा पड्किने पटकाले ध्वनि प्रदूषण हुने गरेको छ । त्यसबाट निस्कने झिल्काले आगलागीका घटनासमेत हुने गरेको छ ।
विराटनगर, ३ पुस-१ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्ष शुक्रबारदेखि विराटनगरमा सुरू भएको छ । दुई दिनसम्म संचालन हुने उक्त सेमिनारमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको छ । शनिबार सम्पन्न...
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको सम्पूर्ण उपचारको जिम्मा तीनै तहको सरकारले लिनुपर्ने बताएका छन्। आज सामाजिक संजालमा भिडियो जारी गर्दै...
विराटनगर, ९ पुस-पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको...
विराटनगर, २४ भदौ-मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ता काट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४...
एजेन्सी, साउन १८-कोरोना भाइरसको संक्रमणदर निकै उच्च रहेको भारतमा संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकी उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । योगी आदित्यनाथको क्याबिनेटमा...
काठमाडौं, ८ बैशाख-आफ्नै छोरीको हत्या गर्ने बुबा पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगंञ्ज महानगरपालिका–१ का २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह छन् । साहले ७ वर्षीया छोरी अंशु कुमारी सरार्फलाई गत चैत...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको । बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि ३ घण्टा ढिलो मतदान सुरू भएको हो । पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो...
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई...