टि –२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेश विजयी
शनिबार, २६ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समुह ए मा ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकको साथ शिर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६५ रनको स्कोर खडा गरेको थियो । कर्णालीका लागि प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा २ छक्का र २ चौका प्रहार गरि नटआउट ५५ रन बनाउँदा विपिन रावलले ३६ बलमा ३ छक्का र २ चौका प्रहार गरि ४२ रन र रविन्द्र शाहीले ३५ रनको योगदान दिए ।
एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले १–१ विकेट लिए ।
जवाफमा १ सय ६६ रनको लक्ष्य पाएको एपिएफले पुरै ओभर खेल्दै ६ विकेट गुमाई १ सय १४ रन मात्र बनाउँन सक्यो । एपिएफका अमर रौटेलाले ३७ बलमा १ छक्का र २ चौका प्रहार गरि ३७ रन, हिमाञ्सु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिए । कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा रविन्द्र साहले पनि २ विकेट तथा प्रकाश जैसीले १ विकेट लिए ।
दोस्रो खेलमा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । लुम्बिनीको यो लगातार ३ खेलमा सत प्रतिशत नजिता निकाल्दै ६ अंकका साथ समुह वी को शिर्ष स्थानमा यथावत रहेको छ । लुबिनीले यस अघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । वागमतीका कप्तान रित गौतमले ३३ बलमा १ छक्का र ४ चौका प्रहार गरि ४३ रन बनाउँदा आशुतोष घिरैयाले २८ रन र उत्तम मगरले २५ रन र इसान पाण्डेले २१ रनको योगदान दिए । लुम्बिनीका चाहुल चैहानले ३ विकेट लिँदा कृष्ण कार्कीले २ विकेट लिए ।
जवाफमा १ सय ५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको सतकले १७ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । लुम्बिनीको जितमा कप्तान खनालले १ सय रनमा नटआउट रहे । उनले ५१ बलमा ७ छक्का र ७ चौका प्रहार गरि सतक पुरा गरे । खनालको सतक कोशी प्रदेश ट्रफिमा पहिलो सतक हो । त्यस्तै विशाल विक्रम केसीले नटआउट २७ रन बनाए । वागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले १–१ विकेट लिए ।
आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेशविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।
विराटनगर, ३१ जेठ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ । आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक...
विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।...
बुटवल, ८ जेठ-प्रदेश-५ सरकारले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको नीति कार्यक्रम जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय...
काठमाडौं, २२ साउन-नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए...
विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा...
विराटनगर, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडौं, ६ असोज-केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च...
काठमाडौं, ७ चैत । नेकपा (एमाले) को खनाल-नेपाल समूह निकट युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भेलालाई पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।...