रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो

 न्यूज विराट
रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो

विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो ।

सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस (MSS) को सूचक अनुसार भएको मुल्यांकनमा रंगेली अस्पतालले ८० प्रतिशत अंक प्राप्त गरेको छ ।

स्थानीयतहहरु मातहत रहेका देशभरका अस्पताल मध्ये उदयपुरस्थित कटारी अस्पताल पहिलो बन्दा रंगेली अस्पताल ८० अंक प्राप्त गर्दै दोस्रो बनेको हो ।

आज आयोजित कार्यक्रममा उदयपुरस्थित कटारी अस्पतालका मेडिकल सुपरिटेडेन्ट समेत रहेका स्रोत व्यक्ति डा. गौरव साहले विभिन्न सूचकको मुल्यांकनका आधारमा अस्पतालले उक्त अंक प्राप्त गरेको जानकारी दिए ।

सो मुल्यांकन प्रत्येक ६/६ महिनामा हुने गरेको छ । अघिल्लो ६ महिनाको मुल्यांकनमा रंगेली अस्पतालले ७० अंक प्राप्त गरेको थियो । ६ महिनापछि रंगेली नगरपालिकाले अस्पताललाई थप सुधार गरेपछि १० अंक बढाउन सफल भएको हो । अब अझै सुधार हुँदै गएपछि रंगेली अस्पतालले प्राप्त गर्ने अंक बढ्दै जाने स्रोत व्यक्ति डा. साहले बताए ।

कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सवैको प्रयासबाट अस्पताल नमूना र उदाहरणीय बन्न सफल भएको बताए । उनले आफूहरुको व्यवस्थापकीय भूमिका रहेकाले अझ व्यवस्थित, सुविधा सम्पन्न बनाउन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताए ।

मेयर बगडीयाले सवैको प्रयासबाट हाल अस्पतालले ८० अंक प्राप्त गर्न सफल भएको र आगामी ६ महिनामा हुने मुल्यांकनमा ९० अंक भन्दा माथि पुग्नेगरी लागि पर्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन समेत दिए । ‘अहिले हामी सवैले राम्रो काम गरेर ८० अंक प्राप्त गर्न सम्भव र सफल भएका छौँ । यसको जस तपाई सवैलाई जान्छ ।’ उनले भने,‘अब हामीले अर्को मुल्यांकन हुँदा १ सयमा ९० अंक प्राप्त गर्नेगरी लाग्नुपर्छ ।’

कार्यक्रममा रंगेली नगरपालिकाका उपमेयर भूमा पराजुलीले जनप्रतिनिधिहरुसहित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सवैको प्रयासबाट रंगेली अस्पताललाई नमूना अस्पताल बन्न सफल भएको बताइन् ।

उनले अघिल्लो मुल्यांकनमा ७० अंक प्राप्त गरेको र यसपटक १० प्रतिशत बढाउन नगरपालिकाले धेरै काम गरेको जानकारी दिइन् । उनले मुल्यांनमा दिइएको सुझावका आधारमा अस्पतालमा गर्नुपर्ने सुधारका कामहरु क्रमशः गर्दे जानेसमेत बताइन् ।

कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले रंगेली नगरपालिकाका मेयर बगडीयाको अग्रसरतामा सो अस्पतालले फड्को मारेको बताए । उनले स्थानीयतहरु मातहत रहेका अस्पतालहरु मध्ये रंगेली अस्पताल निकै सुविधा सम्पन्न रहेको बताए ।

निर्देशक बस्नेतले रंगेली अस्पताल देशभरमै नमूना अस्पताल भएको बताउँदै आफूपनि सो अस्पतालको सदस्य बन्न इच्छुक रहेको बताए । उनले सो अस्पतालका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि आफूले पहल गर्नेसमेत प्रतिवद्धता जनाए ।

सो अवसरमा रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले रंगेली अस्पताल गुणस्तरी र सुलव स्वास्थ्य सेवाका हिसाबले देशमै १ नम्बर अस्पताल भएको बताए । उनले मुल्यांकन गर्दा दिइएका सुझाव अनुसार अस्पतालको सेवा सुविधा थप विस्तार गर्दे लैजाने बताए ।

रंगेली नगर अस्पताल विकास समितिका अध्यक्ष देवमणी कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटी आएका प्राविधिक स्रोत व्यक्तिसहित एमएसएस अफिसर सृजत दाहाल, जनस्वाथ्य निरिक्षक तारादेवी सुवेदी, निकसाइमन संस्थाका अधिकृत आइस्था शाही, अस्पताल विकास समितिका पदाधिकारी, विभिन्न वडाका वडाध्यक्षहरु, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगरको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...

लायन्स क्लव पथरी र योङ्गहार्ट द्वारा ह्विलचेयर र पंखा वितरण

  पथरी– समाजसेवामा समर्पित लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ्गहार्टले सोमबार एक कार्यक्रमको आयोजना गरि पथरीशनिश्चरे वडा नं ३ का ३ जना पुर्ण शारिरीक अशक्तलाई ह्विल चियर प्रदान गरेको छ। “जहाँ...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु, ५४ संक्रमित थपिए

विराटनगर, २० भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै मोरङका रहेका छन् । विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१...

सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।...

मृतक वडा अध्यक्ष र ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा...

गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना

विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...

कान्तिपुर कलेजद्धारा खेलाडिलाई सम्मान

विराटनगर । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले हिसान स्पोर्ट्स मिटमा सहभागि हुने खेलाडीहरुलाई सम्मान गरेको छ । कलेजमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । कान्तिपुरले हिसान स्पोर्टस् विकमा क्रिकेटमा साविक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्