वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता, विराटनगर ११ फाइनलमा
बुधबार, २३ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर ११ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर १५ नम्बर वडालाई ३–१ गोलले हराउँदै विराटनगर ११ फाइनलमा पुगेको हो । जितको लागि विराटनगर ११ का सागर तिवारीले दुई र बिवेक राईले एक गोल गरे । सान्तवना गोल विराटनगर १५ का विजय डंगोलले फर्काए । खेलको म्यान अफ द म्याच विराटनगर ११ का सागर तिवारी घोषित भए । उनले नगद १ हजार १ सय पुरस्कार पाए । उक्त पुरस्कार विराटनगर १६ का वडाअध्यक्ष उद्धव भुजेलले वितरण गरे ।
बिहीबारको दोस्रो सेमिफाइनल खेल विराटनगर १२ र विराटनगर १६ बीच हुने आयोजक संस्थाका संयोजक विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साहले जानकारी दिए ।
काठमाडौं, ५ वैशाख-लक्षण नै देखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दा नपाएको रिस पोखेको भनी आरोप लगाएका छन् । केही दिनअघि अध्यक्ष प्रचण्डले शेयर बजारबारे दिएको अभिव्यक्तिलाई लिएर ओलीले यस्तो आरोप...
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र सूदुरपश्चि प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले गण्डकी प्रदेशलाई...
विराटनगर, ९ भदौ–सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान निर्माणको अगुवाइसमेत गरेका पूर्वप्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो...
जनकपुरधाम २७ कात्तिक-नेकपा नेता मुकेश चौरसिया हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ । अभियुक्त उत्तम तिवारीकी श्रीमतीले उल्टै नेता चौधरी...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिवार विश्वासको मत लिने भएका छन् ।प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२...
चितवन, २१ असोज-चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही,...