
प्रदेश १ मा ७६९ संक्रमित थपिए, ५ जनाको मृत्यु
विराटनगर, २९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा...
विराटनगर । तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इलामले लगातार दुई खेलमा जित हात पारेको छ ।
पहिलो खेलमा सप्तरीलाई पराजित गरेको थियो । हार पछि सिरहा एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १५ ओभरमा सवै विकेट गुमाई ५३ रनको सामान्य योगफल तयार पारेको थियो । सिरहाका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् । इलामकी प्लेयर अफ द म्याच यमुना राईले ४ विकेट लिँदा मुना राई र पुस्मिता मुखियाले २–२ विकेट लिइन् ।
५४ रनको सामान्य लक्ष्य पाएको इलामले १० दशमलव १ बलमा ६ विकेट गुमाई भेट्टाएको थियो । इलामकी प्रियंका राईले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् ् । सिरहाकी अपेक्षा यादव र साक्षी यादव ३–३ विकेट लिइन् ।
दोस्रो खेलमा मोरङले सप्तरीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मोरङले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सिरहालाई पराजित गरेको थियो । हार पछि सप्तरी एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ । । टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ७ गुमाई ७३ रनको स्कोर खडा गरेको थियो । सप्तरीका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् । मोरङकी प्लेयर अफ द म्याच सानु राजवंशीले २ विकेट लिँदा कृतिसा धामी र चाँदनी यादवले पनि २–२ विकेट लिइन् ।
७४ रनको लक्ष्य पछ्याएको मोरङले ८ दशमलव १ बलमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको छ । मोरङका लागि सानु राजवंशीले २५ रन बनाउँदा नमिता श्रेष्ठले नटआउट २० रनको योगदान दिइन् । सप्तरीकी मिना महतो र अजमेरि खातुनले १–१ विकेट लिइन् ।
विहिवारको पहिलो खेल मोरङ र इलाम र दोस्रो खेल सप्तरी र सिरहाविच हुने खेल संयोजक विशाल साहले जानकारी दिए ।
विराटनगर, २९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा...
विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २...
कोरोना भाइरसविरुद्धको खोप ९ हजार बढीले लगाएका छन् । खोप अभियानअन्तर्गत बुधबार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो । प्रदेश...
प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशका मन्त्रीहरूलाई साझा न्यूनतम कार्यमा दत्तचित्त भएर परिणाममुखी काम गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आइतबार बसेको बैठकले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न र जोखिम न्यूनीकरण गर्न...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत बास्केटलको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । विराटनगरको एभरेष्टको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइलनमा एभरेष्ट स्कुललाई ५७ –३५ सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो...
विराटननगर, ३० भदौ । नेकपा (एमाले) मोरङको बुधबार बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा पुनः ऋषिकेश पोखरेललाई चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण...
विराटनगर । विराटनगर – ९ मा रहेको विराट मोडेल कलेजले स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बिहीबार एउटै मन्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको हो । बिबिएस...
काठमाडौं, १५ असार-सरकारले नवराज विकलाई मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । रूकुम-पश्चिम घटनामा मारिएका जाजरकोटका विकलाई सरकारले मरणोपरान्त भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.