विराटनगर । थारु कल्याणकारिणी सभा मोरङले विधान विपरीत हुन लागेको निर्वाचन रोक्न माग गरेको छ । थारु कल्याणकारिणी सभा मोरङले शुक्रबार एक विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेको हो ।
निर्वाचन मण्डलीले एक पक्षीय रुपमा थारु कल्याणकारीणी सभा मोरङको निर्वाचन फागुन १९ गतेलाई तोकेको छ । उक्त निर्वाचन रोक्न माग गरिएको थारु कल्याणकारीणी सभा मोरङका कार्यवहाक सभापति प्रदिपकुमार भगत थारुले बताए । ‘निर्वाचनको मिति घोषणा गर्दा विधान अनुसार कार्यसमितिको बैठक बसेर निर्वाचनको मिति तय गरिन्छन् । तर, यहाँ एकपक्षीय ढंगले जिल्ला कार्यसमिति, सदस्यहरु, उम्मेदवारहरुलाई पनि कुनै जानकारी बेगार गरिएको सूचना विधान विपरीत रहेको छ,’ कार्यवहाक सभापति भगतले भने ।
आममतदाता, प्रत्याक्षीउम्मेदवार, जिल्ला कार्यसमितिहरुसँग कुनै पनि परार्मश र निर्वाचनको समान्य प्रक्रिया समेत पूरा नगरि एक पक्षीय तरिकाले घोषणा गरिएको निर्वाचनको मिति तत्काल रोकी अर्को नयाँ मिति तय गरेर विधान संगत तरिकाले निर्वाचन सम्पन्न गराउन थारु कल्याणकारीणी सभाको केन्द्रीय कार्यालय र निर्वाचन मण्डलीसँग माग गरिएको छ ।
एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७२८ पुगेको छ...
विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी युनियन इकाइको अध्यक्षमा डाक्टर रोशन खड्का निर्वाचित भएका छन् ।विराटनगरमा मंगलबार भएको इकाइको दोस्रो जिल्ला अधिवेशनबाट उमेश कुमार यादवलाई भारी मतअन्तरले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।मंगलबार...
विराटनगर, फागुन १४–विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आबश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आबश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तत्पर...
काठमाडौं, २१ जेठ । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरियता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरियता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।...
काठमाडौं, ३० वैशाख-कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सङ्घीय संसदबाट थप २८ लाख ९७ हजार रुपैयाँ जम्मा गरिएको छ । यस अघि संसद सचिवालयले १ करोड १ लाख जम्मा गरेकोमा मंगलबार पुन सांसदहरुको २८...
काठमाडौं, ६ असार-शनिबार उपत्यकाका ८ जनासहित ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका ७ जना र काठमाडौंका १ जनासहित देशभर ३३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको प्रवक्ता...
काठमाडौं, २९ पुस । देशभरको मौसममा आज दिउँसोदेखि क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव कमजोर भइसकेकोले आज दिउँसोबाट मौसममा...