महिला क्रिकेट प्रतियोगिता, लगातार चार खेल जित्दै वालिका र सुरस्वती स्कुल फाइनलमा

 न्यूज विराट
महिला क्रिकेट प्रतियोगिता, लगातार चार खेल जित्दै वालिका र सुरस्वती स्कुल फाइनलमा

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा लगातार चार खेलमा जित निकाल्दै सरस्तवी र बालिका स्कुल फाइनलमा पुगेको हो ।

पहिलो खेलमा महेन्द्र स्कुललाई सरस्वती स्कुलले ६४ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय २१ रनको योगफल बनाएको छ । जसमा प्लेयर अफ द म्याच कृतिषा धामीले सर्वाधिक ४३ रनको योगदान दिइन् । महेन्द्रकी धनवन्ति रायले १ विकेट लिइन् । १ सय २२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ७ विकेट गुमाई ५७ रन मात्र बनाउँन सक्यो । शिवानी खातुनले सर्वाधिक ६ रनको योगदान दिइन् । सरस्वतीकी चाँदनी यालव र अन्जली मण्डलले २–२ विकेट लिइन् ।

दोस्रो खेलमा वालिका स्कुलले आर्दश स्कुललाई ३५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वालिकाले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय १० रन बनाएको छ । प्लेयर अफ द म्याच वुदिता राजवंशीले सर्वाधिक ३० रन बनाउँदा सकुन्तला सहनीले २५ रन बनाइन् । आर्दशकी अपर्णा राजवंशीले २ विकेट लिइन् । १ सय ११ रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ४ विकेट गुमाई ७५ रनमा सिमित भयो । करुणा राजवंशीले सर्वाधिक १८ रनको योगदान दिइन् । वालिकाकी वविता गुप्ताले २ विकेट लिइन् ।
तेस्रो खेलमा सत्यनारायण स्कुलले मिल्स स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय ८ रन बनाएको छ । चाँदनी यालवले सर्वाधिक १६ रनको योगदान दिइन् । मिल्सकी सुमन चौधरीले २ विकेट लिइन् । १ सय ९ रनको विजयी लक्ष्य पाएको मिल्सले १५ ओभरमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । जस्मा सुमन चौधरीले सर्वाधिक ११ रनको योगदान दिइन् । सत्यनारायणकी प्लेयर अफ द म्याच सन्जना पासवनले ३ विकेट लिइन् ।

चौथो खेलमा महेन्द्र स्कुललाई वालिका स्कुलले ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई ८९ रन बनाएको छ । जस्मा मिनिमा राजवंशी नटआउट १४ रनको योगदान दिइन् । वालिकाकी रचना उराँवले २ विकेट लिइन् । ९० रनको विजयी लक्ष्य पाएको वालिकाले १५ दशमलव ४ बलमा ५ विकेट गुमाई सो वियी लक्ष्य पार गरेको थियो । जस्मा प्लेयर अफ द म्याच सकुन्तला सहनीले २३ रनको योगदान दिइन् । महेन्द्रकी धनवनित रायले २ विकेट लिइन् ।
पाँचौ खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई ७९ रन बनाएको छ । जस्मा प्रिती चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन् । सरस्वतीकी कृतिका धामीले ३ विकेट लिइन् । ८० रनको विजयी लक्ष्य पाएको सरस्वतीले १० दशमलव ३ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा प्रेरणा पासवनले २८ रन बनाउँदा प्लेयर अफ द म्याच चाँदनी यादवले नटआउट २७ रनको योगदान दिइन् । सत्यनारायणकी प्रिती चौधरीले १ विकेट लिइन् ।
छैटौ खेलमा मिल्स स्कुलले आर्दश स्कुललाई ६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई ९९ रन बनाएको छ । जस्मा प्लेयर अफ द म्याच रञ्जना महतो सर्वाधिक १७ रनको योगदान दिइन् । आर्दशकी अर्पणा राजवंशी, निशा मण्डल र करुणा राजवंशीले १–१ विकेट लिइन् । १ सय रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ६ विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा अर्पणा राजवंशीले सर्वाधिक १५ रनको योगदान दिइन् । मिल्सकी प्रिति मण्डल र गौरी मलाहाले १–१ विकेट लिइन् ।

सम्बन्धित समाचार

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

क्वारेन्टाइनमा सामूहिक बलात्कारका ३ आरोपीमाथि अनुसन्धान शुरु

धनगढी, १ असार-कैलालीको लम्कीमा क्वारेन्टाइनमा रहेकी महिनामाथि सामूहिक बलात्कारको आरोप लागेका तीनै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलाले आफूमाथी जबरजस्ती करणी भएको भन्दै...

काठमाडौं महानगरद्वारा चिकित्सक संघलाई १ हजार थान ज्याकेट सहयोग 

काठमाडौं, १७ जेठ-भरपर्दो सुरक्षा सामाग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका खटिरहेका चिकित्सकलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र...

फोनिज मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका २ हरियाली सामुदायिक वनमा शनिबार सम्पन्न भएको छैटौँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

४७ जिल्लामा निषेधाज्ञा : स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन

काठमाडौं, ७ भदौ-गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।  कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज

विराटनगर, १ मंसिर–प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका १४...

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्