विराटनगर । विराटनगरस्थित डिएभी स्कुलले २९ औं अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । शुक्रबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।
अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेको फुड, चित्रकला, र खेलकुद सामाग्रीहरू पनि प्रर्दशनीमा राखिएको थियो । कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष सुरेश कुमार शर्माले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई नैतिक शिक्षा पनि दिएर अगाडी बढेको बताए । अभिभावक, शिक्षक र विद्यार्थीहरुको मेहनतको कारणले विद्यालयले सफलता हासिल गर्दै गएको उनले बताए ।
कार्यक्रममा बोल्दै डिएभी स्कुलका प्रिन्सिपल रमेश मिश्राले विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षासँगै गुणस्तरीय शिक्षा दिएर अगाडी बढेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखि अगाडी बढेको उनले बताए । प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले निजी विद्यालयले राष्ट्रिय निमार्णमा ठूलो योगदान पुर्याएको चर्चा गरे । उनले देशभरीमा निजी विद्यालयहरुमा मात्र २५ लाख बढी विद्यार्थीहरु अध्ययन रहेको जानकारी दिदै ६ खर्ब बढी लगानी रहेको बताए । राष्ट्रिय निमार्णमा निजी विद्यायहरुको ठूलो योगदान रहेको चर्चा गर्दै उनले राज्यले बनाउने नीति निमार्ण सहज बनाउनुपर्नेमा जोड दिए ।
कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री जयराम यादवले नैतिक शिक्षासँगै विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा दिएर अगाडी बढनुपर्ने बताए । सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गीत प्रस्तुत गरी दिनभरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई रमाइलो प्रदान गरे । कक्षा नर्सरीदेखि १२ कक्षासम्म १ हजार ३ सय बढी विद्यार्थीहरु अध्ययरत रहेका छन् ।
विराटनगर, बैशाख २३–विराटनगर भन्सार कार्यालयबाट एक करोड बढि भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङ, सिलिगढी गंगानगर वडा नं ५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै जिल्ला महजपुर,...
विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवस्यक रहेकोमा जोड दिनुभएको छ ।...
विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान...
विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली...
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामाको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका–६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो...
विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य...
विराटनगर, १३ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १÷१ जना पुरुषको मृत्यु भएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको...