विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलमा र झी पुच : (नेपाल भाषा तथा सान्स्कृतिक संघ) बीच सौलियतमा उपचार गर्ने सम्झौता भएको छ । हस्पिटल र झी पुच: बीच बुधबार सौलियतमा उपचार गर्ने समझदारी भएको हो ।
सम्झौता पत्रमा हस्ताक्षर हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराई र झी पुचः को तर्फबाट अध्यक्ष भविस कुमार श्रेष्ठले गरेका छन् ।
सम्झौता अनुसार झि पुचः का सम्पुर्ण साधारण सदस्य, आजिवन सदस्य र कार्यसमिती सदस्यहरु र तीनका परिवारहरुलाई अस्पतालको सबै किसिमको सेवा सुविधाहरुमा १० देखि २५ प्रतिशतसम्म छुट दिने भएको अध्यक्ष भविस कुमार श्रेष्ठले जानकारी दिए ।
उक्त सम्झौतामा जेष्ठ नागरिकहरुको हकमा थप पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ । झि पुचःले विभिन्न सामाजिक, भाषा संस्कृती तथा आवद्ध सदस्यहरुको क्षमता अभिबृदीको काम कार्यक्रमहरु गर्दै आइरहेको छ । उक्त सम्झौताले झि पुचः मा आवद्ध सबै प्रकारका सदस्यहरुले स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले लिन पाउनेछन भन्ने आशा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।