विराटनगरमा राति १२ बजेसम्म होटल सञ्चालन गर्ने तयारी

 न्यूज विराट
विराटनगरमा राति १२ बजेसम्म होटल सञ्चालन गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ ।

विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि पटक–पटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए ।
व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखेको हो ।
बैठकले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ ।

व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखी रात्रीकालीन व्यवसाय सञ्चालनको निर्णय गरिएको मेयर कोइरालाको भनाइ छ । विराटनगरको व्यवसाय प्रवद्र्धनमा महानगरपालिका सधैं गम्भीर रहेको मेयर कोइरालाले बताए । व्यवसायी पनि एकढिक्का भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए । “तपाईं व्यवसायीहरूबीच पनि अस्वस्थ्य प्रतिस्पर्धा छ । तपाईंहरू एकढिक्का हुनुहोस्,” मेयर कोइरालाले भने, “ग्राहक आएर होटल र पसल ढिलोसम्म सञ्चालन भए छेउको अर्को व्यवसायीले पुलिसलाई खबर गर्ने गरेको पनि मैले पाएको छु । त्यस्तो अस्वस्थ प्रतिस्पर्धा नगर्नुहोस् तपाईंहरू ।”

उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए । “व्यवसायीको पीडा बुझेर महानगरले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि निकै नै चासो देखाएको छ । मेयर–उपमेयर केही गरौं भन्ने भावनाले प्रेरित भएको मैले पाएँ,” उनले भने, “कानुनको परिधिभित्र बसेर गरिने व्यापार व्यवसाय प्रवद्र्धन गर्न प्रमुख जिल्ला अधिकारीको नाताले म सधैं तत्पर छु ।” प्रजिअ भट्टराईले कानुनले बर्जित गरेका भन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गरे । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उनको प्रतिबद्धता थियो । भट्टराईले होटल परिसर र बाहिर सीसी क्यामेरा जडान गर्न व्यवसायीलाई आग्रह गरे । त्यस्तै ध्वनि प्रदूषण हुन दिन नहुने प्रजिअ भट्टराईले बताए । प्रविधिको प्रयोग गरेर कोठाभित्रको आवाज बाहिर नजाने पनि बनाउन सकिने भन्दै भट्टराईले त्यसतर्फ ध्यान दिन व्यवसायलाई आग्रह गरे ।
उपमेयर शिल्पा निराला कार्कीले महानगरले अघि सारेको योजनाले सार्थकता पाएको बताइन् । उनले आफूहरूले पहिलादेखि नै होटल र अन्य व्यवसाय राति ढिलोसम्म सञ्चालन गर्न दिनुपर्छ भन्ने मान्यता राख्नै आएको स्पष्ट पारिन्। कोरोना महामारीपछि होटल व्यवसाय धराशायी भएको भन्दै व्यवसायीहरूले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका थिए । हाल साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीहरूको गुनासो छ । राज्यले व्यवसायमैत्री वातावरण नबनाए पासपोर्ट बोकेर विदेश जानुको विकल्प नभएको दुखेसो पोखेका थिए । बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समितिका संयोजक भविसकुमार श्रेष्ठ, होटल एसोसिएसनका राजन श्रेष्ठ, विराट होटल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रीकालीन होटल व्यवसायी संघका सचिव नारायण तिम्सिना, होटल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराई, उपभोक्ता जागरण अभियानका राष्ट्रिय कृष्णप्रसाद भण्डारी मार्सेली, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेललगायतले भारतीय नम्बर प्लेटका सवारी साधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दुःख दिने क्रम रोक्नुपर्ने, भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्नेलगायतका माग राखे ।
भारतीय पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकाय, स्थानीय सरकार र व्यवसायीहरूले पर्यटकमैत्री वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए । रात्रीकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ मा ७ हजार २ सयको कोरोना परिक्षण

विराटनगर, वैशाख २१–प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री...

आज ३०० औं पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । सर्वसाधारणका...

साउन पहिलाे साता चुनावकाे मिति घाेषणा हुने गगन थापाकाे दाबी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता आगामी संघ र प्रदेशको चुनावको मिति घोषणा हुने बताएका छन् । उनले मंसिर ४ या ५ गतेका लागि चुनावको मिति तय हुने जानकारी पनि दिए । आज...

विराट गोल्ड कपः ए डिभिजन लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–०...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

डुङ्गा पनि किनारमै थन्किए

राजविराज, २७ वैशाख-वन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुर्ख्यौली पेसाका रूपमा सप्तकोशीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको १ सय ५० परिवार मुखिया समूदायलाई हातमुख जोर्न समस्या परेको छ । लकडाउन कार्यान्वयनका क्रममा स्थानीय प्रशासनले डुङ्गामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्