मोरङ प्रहरीलाई सफलता, एकै दिन ५९ फरार पक्राउ

 न्यूज विराट
मोरङ प्रहरीलाई सफलता, एकै दिन ५९ फरार पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई प्रहरीले मंगलबार नै अदालतमा बुझाइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये ८ जना कैद र ५१ जना जरिवानाको फैसला भएका प्रतिवादीहरु छन् । जबरजस्ती करणी, सवारी ज्यान, सवारी अंगभंग,ठगी,अभद्र व्यवहारलगायतका मुद्दामा दोषी ठहर भएर पनि भागिरहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ गरेर प्रहरीले पेस गरेपछि कैदको फैसला भएकाहरूलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले बताए । उनका अनुसार जरिवानाको फैसला भएकाहरु जरिवानावापतको रकम बुझाएर छुटेका छन् ।

मोरङबाट अझै ३ हजार ६ सय ४ जना फरार प्रतिवादी पक्राउ पर्न बाँकी छन् । अपराधमा संलग्न भएवापत अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार बनेका ठूलो संख्याका प्रतिवादी पक्राउ पर्न बाँकी देखिएको हो । एसपी कार्कीले ‘फरार प्रतिवादी पक्राउ विशेष अभियान’ चलाएर प्रतिवादीलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेका छन् ।
प्रहरीले विशेष अभियान चलाएसँगै प्रतिवादी पक्राउ पर्न थालेका हुन् । ‘प्रतिवादीलाई पक्राउ गरेर अपराध गर्दा कानुनले कुनै पनि हालतमा छाड्दैन भन्ने सन्देश दिन चाहन्छौं,’एसपी कार्कीले भने,‘विगतमा भएका अपराधमा संलग्न फरार पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

उनका अनुसार अपराधमा संलग्नहरू खुलेआम हिँडडुल गर्दा समाज भयभीत भइरहेको हुन्छ । पीडक पक्राउ नपर्दा अपराधबाट पीडित भएकाहरु झन् ठूलो तनावमा र त्रासमा पर्ने गरेको उनले सुनाए । कानुन कार्यान्वयनप्रति आमसार्वसाधारणलाई सशंकित हुन नदिन र पीडितलाई न्याय दिलाउन विगतका अपराधमा संलग्नलाई पक्राउ गर्नु प्रहरीको दायित्व भएको कार्की बताउँछन् ।
‘प्रतिवादी पक्राउ पर्दा पीडितले न्याय एवं राहतको महसुस गर्न पाउँछन् । उनीहरु डर एवं भयबाट मुक्त हुन्छन्,’उनले भने,‘प्रहरीको कामकारबाहीप्रति समाजमा विश्वास बढ्छ । पीडक पक्राउ नपर्दा पीडित झन् ठूलो पीडामा पर्नुपर्ने अवस्था हुन्छ ।’
कानुन कार्यान्वयन गर्ने निकायको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनले बताए । समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन तथा समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन प्रहरी सक्रियता बढाइएको जानकारी एसपी कार्कीले दिए ।
उनले विगतमा अपराधमा संलग्नहरु कतै फेला परेमा तत्काल प्रहरीलाई खबर गर्न पनि सबैमा आग्रह गरेका छन् । फरार प्रतिवादीका बारेमा जानकारी गराउनेको विवरण गोप्य राखिने र प्रतिवादीलाई पक्राउ गर्न तत्काल प्रहरी परिचालन गरिने कार्कीले बताए ।

सम्बन्धित समाचार

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...

बूढानिलकण्ठ स्कुलमा बुद्ध जयन्ती मनाईयो

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो...

नेपाल र भारतका हजारौ श्रद्धालुभक्तजनको उपस्थितीमा कलशयात्रा निकालिदै

विराटनगर । जोगवनी –४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाउने तयारी भईरहेको छ । जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि...

कंकालिनी भगवती मन्दिरमा सात सय ४४ राँगा बलि

राजविराज, २९ असोज-बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी...

मोरङको मधुमल्ला र तारिगामामा थपियो सशस्त्रको बिओपी

विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप दुई वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । जहदा गाउँपालिका ७ मा रहेको तारिगामा र मधुमल्लामा बिहीबार बिओपी स्थापना गरिएको हो । स्थापना...

नियोजित रुपमा फेल गराएको बीपीएचका विद्यार्थीको आरोप

विराटनगर । विराटनगरस्थित कोशी हेल्थ एण्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययरत तीन जना विद्यार्थीहरूले कलेज प्रशासन नियोजित रुपमा लागेर अनुर्तिण गराएको आरोप लगाएका छन् ।विराटनगरमा मंगलर पत्रकार सम्मेलन गरी रुपा न्यौपाने, मनिषा यादव र...

एमाले सांसदहरुद्वारा १४ जनालाई पदमुक्त गर्न सभामुखलाई दबाब

काठमाडौं, ४ भदौ । सदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिदैछ । आज कार्यालय समय शुरु हुनासाथ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्