घरेलु तथा साना उद्योग महासंघको अधिवेशन शनिबार, एक दिने प्रर्दशनीमा ६० स्टल रहने
बुधबार, १६ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ । महासंघ अन्र्तगतको महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन पनि शनिबार विराटनगरमा हुने भएको हो । महासंघले बुधबार पत्रकार सम्मेलन गरी अधिवेशनको दिन एक दिने घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुहरूको प्रर्दशन पनि गरिने जानकारी गराएको छ । प्रर्दशनीमा घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेको ६० भन्दा बढी स्टलहरू प्रर्दशनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतननाथ निरौलाले जानकारी दिए । एक दिने प्रर्दशनीमा कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न बस्तुहरु, चिया, ढाका, जुक्ता, चप्पल, कस्मेटिक र विशेष गरी महिला उद्यागीहरुले उत्पादन गरेको बस्तुहरु प्रर्दशनी राखिने उनले बताए । ‘अहिले घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेको बस्तुको बजारीकरण नभएर समस्या भएको छ । जसले गर्दा उत्पादित बस्तुले बजार पाएको छैन । खुल्ला सीमाको कारणले चोरी तस्करी भएर विभिन्न बस्तुहरु आयत हुने गर्दछ । जसको प्रत्यक्ष असर यहाँका घरेलु तथा साना उद्योगलाई परेको छ,’ अध्यक्ष निरौलाले भने, ‘यहाँको स्थानीय उद्यमीहरुले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न हामीले प्रर्दशन राख्न लागेका हौं ।’
२०४७ साल जेठ २४ गते स्थापना भएको महासंघमा देशभरीमा ९० हजार भन्दा बढी उद्यमीहरु संगठित भएका छन् । मोरङमा ३० हजार भन्दा बढी घरेलु, साना, कृषि र अन्य उद्योगहरु संचालनमा रहेको अध्यक्ष निरौलाले बताए । ३० हजार भन्दा बढी उद्योगमा ४५ अर्बको लगानी रहेको उनले बताए । तीन लाख भन्दा बढीले रोजगारी पाएको दाबी गरिएको छ । महासंघमा ४ हजार भन्दा बढी सदस्य रहेको, पाँच बस्तुगत संघ, ८ पालिका महासंघ, १७ आजिवन सदस्य रहेको उनले बताए । महासंघको अधिवेशनबाट जिल्ला कार्यसमितिमा २५ जना र महिला उद्यम समितिमा १७ जनाको निर्वाचित कार्यसमिति हुनेछ ।
विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका...
विराटनगर, ८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा पाँच, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...
काठमाडौं, २६ चैत । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका- ८ दुर्गाचोकका ४२ वर्षीय उत्तम सुवेदीले बिहीबार आफ्नै घरको भान्छामा पासो लगाएर आत्महत्या गरेका थिए । उत्तमलाई आत्महत्या गर्न...
काठमाडौं, २७ साउन-सरकारले रुकुम घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयको प्रस्तावमा रुकुमको चौरजाहरीमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख दिने र घाइतेहरुको उपचार खर्च...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका...
एजेन्सी, पुस ७–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेको ९१ मिनेटपछि नै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न निर्देशन दिएको एउटा इमेलबाट खुलासा भएको छ। टेलिफोन...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो विषय...
विराटनगर, २३ वैशाख ।चुनावी प्रचारप्रसारका क्रममा सुनसरीको दुहवीमा डिजे बजाएको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार चुनावी प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर विवाद...