विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।
अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्ने विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको हो । जसमा आयूषा पोखरेल, अमित यादव, नितेस पोखरेल, निरज रेग्मी र रोहन खतिवडालाई स्कुलले सम्मान गरेको छ । सम्मानित भएका विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद भिम पराजुलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
सोही अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, फेशन शो र नृत्य प्रस्तुत गरी सहभागि भएका अभिभावक र अथितिहरूलाई दिनभरी रमाइलो गरे । मोर्डन ऐराले अभिभावक दिवस दुई दिनसम्म विविद्य कार्यक्रम आयोजना गरी मनाउने गरेको छ । यस वर्ष पनि स्कुलले ‘मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता सम्पन्न गरेको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी मोर्डन एरा लिटल च्याम्प्स सम्पन्न भएको हो ।
छुट्टा –छुैट तीन विधामा मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता भयो । सिंगीनतर्फको प्रथम दिवस न्यौपाने, डान्सिङ्ग सिनियरतर्फको प्रथम अनुसुया पौडेल, जुनियरतर्फको प्रथम सृष्टिका पराजुली र मोडलिङतर्फको प्रथम आभा चौधरी भइन् । सिंगीनतर्फको पब्लिक च्वाइस एवार्ड अभिनव दाहाल, डान्सिङ्ग सिनियरतर्फको सिनियर पब्लिक च्वाइस एवार्ड रिपुजा आचार्य, जुनियरतर्फको पब्लिक च्वाइस एवार्ड सदिक्षा खड्का घोषित भइन् । मोडलिङतर्फको प्रथम रनरअप लिजा खत्री, सेकेन्ड रनरअप सम्पदा पराजुली र पब्लिक च्वाइस एवार्ड करुना बस्नेत भइन् । उक्त प्रतियोगिताको सिंगिनमा ८ जना, डान्सिङमा १३ जना र मोडलिङमा १२ जना प्रतियोगि फाइनलमा पुगेका थिए । प्रतियोगिताको डान्समा रुपेश विश्वास, प्रकाश तिम्सिना, गायनमा सुमन श्रेष्ठ, मोडलिङमा इश्वर बास्कोटा र सन्चिता महतो निर्णायक रहेका थिए । स्कुलले अभिभावक दिवसको अवसर पारेर प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको प्रिन्सिपल इन्द्र बहादुर राईले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रिन्सिप राईले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलपाहरुसँगै गुणस्तरीय शिक्षा प्रदान गरी अगाडी बढेको बताए । विद्यार्थीहरुलाई सिपसहितको संस्कारयुक्त शिक्षा मोर्डन एराले दिदै आएको उनले बताए । गुणस्तरीय शिक्षा प्रदानमा स्कुलले कुनै पनि कसुर बाँकी नराखेको उनले बताए ।
विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको लागि विराटनगरको विराट युनाइटेड भेट्रान र रंगशाला भेट्रानबीच प्रतिस्पर्धा हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा आइतबार सम्पन्न...
विराटनगर, २५ पुस-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पूर्व प्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जर्बरजस्त भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाएका छन् । बुद्धीजीवी परिषद् मोरङले विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा ओली समूहका...
विराटनगर, २५ -वैशाख-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुख,...
काठमाडौं, २३ जेठ-रुकुम घटनालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरिएको छ । प्रतिनिधि सभा सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने...
जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् ।...
महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय ढंगले बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सो घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न माग गर्दै मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङले...
कपिलवस्तु, १ जेठ-कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरूद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना...
काठमाडौं, २२ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दरमा वृद्धि भइरहेकाले अस्पतालको अभाव हुन सक्ने चेतावनी दिएको छ । मन्त्रालयले संक्रमणको दर बढ्दै गएकाले उपत्यकामा अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने चेतावनी...