मोरङको बुढीगंगामा लहरी घरमा पल्टियो, एकै परिवारका दुईसहित तीनको मृत्यु

 न्यूज विराट
मोरङको बुढीगंगामा लहरी घरमा पल्टियो, एकै परिवारका दुईसहित तीनको मृत्यु

विराटनगर। मोरङ बुढीगंगा गाउँपालिका – ४ प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१ नम्बरको लरीमा लोड भएको टुङ्गा नहरसँगै जाडिएको ज्योति अधिकारीको घरमाथि पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।

४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र ७ बर्षीया रिया खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । मृतक इसिता र निशान्त ५५ बर्षीय ज्योती अधिकारीका जुम्लिया छोराछोरी हुन् । ज्योती पनि घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक दाजुबहिनी घरको प्यासेजमा खेलीरहेका थिए । अर्की बालिका खवास भने पसलमा बावुसँग सामान किन्न पुगेकी थिइन् ।
शक्रबार विहान करिब साढे ७ बजे ज्योतीका जुम्ल्याहा छोराछोरी घरमै रहेको किराना पसल अगाडि खेलिरहेका थिए । ज्योती नहरको सडकसँगै जोडिएको छ । नहरको सडकमा कालोपत्रे गर्नका लागि गिटी बिछ्याइएको थियो ।
साघुरो सडकमा २४ सै घण्टा सवारी साधन कुदिरहन्थे । शुक्रबार विहान करिब साढे ७ बजे आर. जे. २९ जी.बी. १५६१ नम्बरको लरी कोशी राजमार्गको नेमुवाबाट कोयलपुर तर्फ जाँदै थियो । स्तरउन्नती भइरहेको सडकमा अप्ठ्यारो गरी आउँदै गरेको लरी अधिकारीको घर अगाडि आइपुगेपछि पल्टियो ।
लरी पल्टदा डालीमा लोड गरिएको ठूला मार्बल ढुंगाले तीन जना बालवालिकाहरुलाई ढुंगाले किचेरे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ । एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ ।...

बीपी प्रतिष्ठानको आन्दोलनरत पक्षसँग छ बुँदे सहमति

विराटनगर, २० साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनकारीले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोली र संघर्ष समितिबीच छ...

कांग्रेसका युवा नेताको संयुक्त विज्ञप्ति : संविधान भत्काउने ओलीलाई सत्तामा रहने नैतिकता छैन

नेपाली कांग्रेसका युवा नेताले स्थिर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसँग अब सरकारमा बसिरहने नैतिक आधार वाँकी नरहेको निश्कर्ष निकालेका छन् । उनीहरूले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संविधान बनाउँदा अत्यन्त सुझबुझका साथ...

आज विराटनगरमा ४ जना कोरोना संक्रमित थपिए

विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

सभापतिका आकांक्षी डा. शेखर कोइराला प्रदेश १ मै कमजोर, कोइराला परिवारको आधार क्षेत्रमै देउवाले गाडे झण्डा

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरे २ मतले...

सुनको मूल्य १ लाख २ हजार ५ सय पुग्यो

काठमाडौं, २२ साउन-सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी...

सरकार परिर्वतनको कुरा जनमतको अवमूल्यन : गिरी

काठमाडौं, १७ वैशाख-सरकार परिवर्तन गर्नु जनमतको अवमूल्यन हुने सासंद पदम गिरीले बताएका छन् । नेकपाका सांसद गिरीले वर्तमान सरकार परिर्वतन गरेर जनमतको अवमूल्यन गर्न नहुने बताएका छन् । संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै...

विराटनगर महानगरले गर्यो अत्यावश्यक बाहेकका सेवा बन्द

विराटनगर, साउन ११-विराटनगर महानगरपालिकाले कोरोना भाइरस समुदाय स्तरमा फैलनसक्ने भन्दै सामाजिक दुरी र स्वास्थ्य सचेतनाका मान्यताहरुलाई कडाइपूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ । आइतबार महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्