अन्तर स्कुल क्रिकेट प्रतियोगिता, कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

 न्यूज विराट
अन्तर स्कुल क्रिकेट प्रतियोगिता, कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । विहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो । जस्मा रविन मण्डललेसर्वाधिक २५ रन बनाए । मनकामनाका लक्ष्मण तामाङले ३ विकेट लिए । १ सय २ रनको लक्ष्य पछ्याएको मनकामनाले १६ दशमलव २ बलमासवै विकेट गुमाई ९२ रन बनायो । जस्मा अंकित मल्लिकले सर्वाधिक १२ रनको योगदान दिए । कोशीका म्यान अफ द म्याच गोपाल मण्डल र रितिक यादवले ३–३ विकेट लिए ।

दोस्रो खेलमा अरनिको स्कुलले नेपाल गुरुकुल स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सवै विकेट गुमाई ७६ रनको योगफल तयार पारेको थियो । जस्मा सौरभ बजाजले सर्वाधिक २८ रनको योगदान दिए । अरनिको म्यान अफ द म्याच साजन यादवले ३ विकेट लिँदा साइसर कोइरालाले २ विकेट लिए । ७७ रनको विजयी लक्ष्य पाएको अरनिकोले १४ ओभरमा ४ विकेट सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा अविशेक यादवले २६ रन बनाउँदा लुसाङ गुरुङले २० रनको योगदान दिए । नेपाल गुरुकुलका मिथो यादव, प्रान्जल चन्द्र र योगेश पासवानले १–१ विकेट लिए ।

सम्बन्धित समाचार

बीपी प्रतिष्ठानको आन्दोलनरत पक्षसँग छ बुँदे सहमति

विराटनगर, २० साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त संघर्ष समितिबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनकारीले स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोली र संघर्ष समितिबीच छ...

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

जनकपुरधाम, ३ वैशाख-र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ताअघि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भई नेपाल आएर आफ्नै घरमा बसिरहेका ७...

सुर्तीजन्य पदार्थ कोरोनाको बहाक: मन्त्री घिमिरे

विराटनगर, जेठ १८–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोनाको वहाक भएको बताउनुभएको छ । सुर्तीजन्य पदार्थ सेवनगर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैले प्रयोग गर्ने पाईएको उनले बताए...

पूर्वमन्त्री पण्डित दर्जनौँ कार्यक्रम भ्याएर पुनः काठमाडौं फर्किए

विराटनगर, फागुन २७–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित विभिन्न कार्यक्रम भ्याएर पुनः काठमाडौं फर्किएका छन् । गृह जिल्ला आएर आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रम भ्याएर उनी पूनः काठमाडौं फर्किएका हुन् । निर्वाचनमा जनतामाझ...

सनाखतका लागि माधव पक्षीय नेताहरू निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि चन्द्रागिरीमा थिए । उनीहरू...

मोरङको सुनवर्षीमा सुतेकै ठाउँमा मृत भेटिए २८ वर्षे युवक

विराटनगर, २ वैशाख । मोरङमा  २८ वर्षे एक युवक सुतेकै ठाउँमा मृत भेटिएका छन् । सुनवर्षी नगरपालिका-६ स्थित हरि राजवंशीकाे घरमा सुतेका तीर्थ निरौला बिहीबार राति ९ः२५ बजे मृत फेला परेका प्रहरीले जनाएकाे छ । माेरङ प्रहरीका...

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा रञ्जीत भगत

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा रञ्जीत भगत चयन भएका छन् । मञ्चको १९ औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्राई, द्वितीय उपाध्यक्षमा संजीव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्