‘सुगुप’ चलचित्रको प्रिमियर शो २८ फागुनमा विराटनगरमा हुने

 न्यूज विराट
‘सुगुप’ चलचित्रको प्रिमियर शो २८ फागुनमा विराटनगरमा हुने

विराटनगर । लिम्बू समुदायको साँस्कृति कथा वस्तुमा आधारित रहेको चलचित्र ‘सुगुप’ विराटनगरमा प्रिमियर शो गरिने भएको छ । आगामी फागुन २८ गते विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बोद्वारा प्रस्तुत चलचित्र सुगुपलाई विराटनगरमा रहेका किराँत राई यायोक्खा , किराँत याक्थ्युङ्ग चुम्लुङ्ग र किराँत याक्खा छुम्मा महानगर कमिटिले प्रिमियर शो गर्ने भएको छ ।

यस अघि हङकङमा प्रिमियर गरिसकेको सुगुप काठमाडौंमा फागुन १२ र १७ गते प्रिमियर शो पछि विराटनगरमा पनि प्रिमियर शो गर्न लागिएको प्रेस संयोजक प्रेम देवानले जानकारी दिए ।


सुगुप चलचित्रको निर्देशन युवा निर्देशक लोकेन साँवाले गरेका हुन् भने यसको पटकथा देबेन्द्र खापुङले लेखेका हुन् । हङकङका युवा ब्यावसायी , समाजसेवी तथा ग्रेण्ड मास्टर रबिन कुमार नाल्बो प्रमुख निर्माता रहेको सुगुपमा दिलमाया लाबुङ नाल्बो,र सैलेन्द्र कुमार नाल्बो निर्माता रहेका छन् भने एल पि साँवा,मनिसा नाल्बो,श्री प्रसाद माबो,राम प्रसाद पंधाक सह निर्माता रहेका छन् ।
फिल्ममा वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको सुगुपमा यासेली योङहाङ, त्यसैगरी विराटनगरकी मोडल तथा नव नायिका सुम्निमा खापुङले पनि यस फिल्ममा डेब्युु गरेकी छन् ।
युवराज राईको छाँयाङकन,बिपिन मल्लको सम्पादन,अशोक राईको संगीत,कमल राईको नृत्य, किशोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको छ ।
नेपाल र भारत दुबै देशको बिभिन्न ठाउहरुमा छाँयाङकन भएको सुगुप लिम्बू समुदायको बहुप्रतिक्षीत चलचित्र मानिएको छ । लिम्बू जातीमा प्रशव व्यथाका कारण मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने प्रचलन छ । सोहि विषयमा केन्द्रित रहेको फिल्म विराटनगरमा पनि प्रदर्शनी गरिने भएको हो । लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कारलाई सुगुप भनिन्छ ।

सम्बन्धित समाचार

पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेल

पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको...

ज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

विराटनगर, २३ भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । क्लबले विश्व साक्षरता दिवसको अवसरमा विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण...

कोरोनाबाट मृत्यु भएका मध्ये ३ देशमा आधाभन्दा बढी संख्या

एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेमध्ये आधाभन्दा बढी संख्या ३ वटा देशमा छ । अमेरिका, बेलायत र इटालीमा मात्रै विश्वमा मृत्यु भएका मध्ये आधाभन्दा बढीको मृत्यु भएको हो । कोरोना भाइरसका कारण...

प्याब्सन विराट कप : पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र गोदावारी विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिताको आइतबारको खेलमा पूर्वाञ्चल, मोर्डन एरा, सिद्धार्थ, विकेभिएम र...

करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् । उनीहरुले...

मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत : पक्षमा ८६, विपक्षमा ५ सांसद

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ८६ सांसदले समर्थन जनाए । राप्रपका ५ सांसदले उक्त प्रस्तावको विपक्षमा...

ट्रम्पले विदेश मन्त्रालयका उच्च अधिकारी बर्खास्त गरेकोबारे अनुसन्धान हुने

एजेन्सी, जेठ ४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका आइजी (इन्सपेक्टर जनरल) स्टिभ लिनिकलाई बर्खास्त गरेको घटनाको छानबिन हुने भएको छ । डेमोक्रेट सांसदहरुले ट्रम्पले नियामक निकायका अधिकारीलाई ट्रम्पले निहीत स्वार्थका लागि बर्खास्त गरेको आरोप लगाउँदै...

आगलागीबाट ६० लाख बढीको क्षति

विराटनगर, २० चैत -ओखलढुङगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको छ ।बिहीबार शेर्पाको घरमा विद्युत सट भइ आगलागी हुँदा ६० लाख १७ हजार रुपैयाँ बराबर क्षति भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्