मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा जमेको पानी निकालियो, ७५ वर्षीय विरामीको सफल उपचार
मङ्गलबार, ०८ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा पानी जमेको एक जना विरामीको सफल उपचार भएको छ ।
भारतको फारवीजगन्ज घर भएका ७५ वर्षीय प्रदिप मिश्राको मकालु एभरेष्ट हस्पिटलमा सफल उपचार भएको हो । मस्तिष्कमा पानी जमेको कारण मिश्रा लामो समयदेखि थला परेर बसेका थिए । उनको पिसाब चुहिने, हिडडुल गर्न नसक्ने र बोलेको कुराहरु बिर्सने समस्याले पीडित थिए । उनी विराटनगरको थुप्रै अस्पताल पुगे । उपचारमा संलग्न फिजिसियन चिकित्सक डा. दीपक सिग्देलले न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवसँग थप उपचारको लागि पढाइदिए । त्यसपछि डा. यादवले मकालु एभरेष्ट हस्पिटलमा मिश्राको मस्तिष्कमा अत्याधिक धेरै जमेको पानी शुक्रबार ‘भीपी’ सर्जरी गरेर सफल उपचार गरेका छन् ।
‘विरामीको मस्तिष्कमा धेरै पानी जमेको थियो । मेडिकल भाषामा यसलाई एनपीएच अर्थात नर्मल प्रेसर हाइडोसिफलक्स भनिन्छ । यसको समस्याले गर्दा विरामीलाई हिडडुल गर्न समस्या हुन्छ । विरामी हस्पिटल आएपछि हामीले टाउँको सानो दूलो बनाएर शल्यक्रिया गरिएको हो,’ उपचारमा संलग्न चिकित्सक यादवले भने, ‘उपचार सफल भएपछि विरामी अहिले डिस्चार्ज हुनुभएको छ ।’ ब्रेनमा इन्फेक्सनको कारणले पनि विरामीलाई यस्तो समस्या देखा पर्ने उनले बताए ।
गत बिहीबार अस्पताल भर्ना भएका मिश्रको शुक्रबार डा. यादवसहितको टिमले शल्यक्रिया गरेको थियो । त्यसपछि मंगलबार मिश्रको डिस्चार्ज भएको छ । डिस्चार्ज पछि विरामीको भान्जी गीता शर्मा अधिकारीले मामाको सफल उपचार भएपछि खुसी व्यक्त गरिन् । ‘मामा विरामी भएपछि थला पर्नु भएको थियो । बोलेको कुरा भुल्ने गर्नुहुन्थ्यो । उपचारपछि अहिले मज्जासँग हिडडुल गर्न सक्ने हुनुभएको छ । उपचारमा संलग्न चिकित्कसप्रति आभारी छु,’ मामाको डिस्चार्जपछि उनले भनिन् ।
काठमाडौं, २४ माघ । देशभर आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे माैसमविद्ले जानकारी दिएका छन् ।...
विराटनगर । पछिल्लो समय उद्योगी व्यवसायीका कुरै नसुनी कसुर पुष्टि नभई राज्यले उद्योगी व्यवसायीलाई पक्राउ गरेर हतोत्साहित गरेको भन्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका सरोकारवालाले चिन्ता जनाएका छन् । उद्योग संगठन मोरङले ‘सुन्ने कि थुन्ने’ आर्थिक बहसमा उनीहरुले...
कोरोना रोकथाममा सरकाले गरेको प्रयास र अबको कदमका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले मंगलबार देशवासीका नाममा नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत सम्बोधन गर्ने तयारी गरेका...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वाडको शौचालयमा आज बिहान भर्खरै जन्मेको शिशु मृत फेला परेको हो । अबिवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालेको आशंका गरिएको...
विराटनगर । मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो । मोरङको उत्तरी...
काठमाडौं, १३ मंसिर-आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको...
विराटनगर, माघ २८साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई...
भारतमा लुकेर वीरगञ्जलगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गर्दै आएकाे समूहका मुख्य नाइके ३३ वर्षीय फुलहसन अन्सारी उर्फ विवेक सिंह पक्राउ परेका छन् । वीरगञ्ज- २४, रामगढवाका अन्सारी २४ साउन २०७६ मा वीरगञ्जकाे बिर्ताबजार र त्यसको चार दिनपछि २८ साउनमा घण्टाघरनजिकै मिना बजारमा भएकाे बम विस्फाेटकाे मुख्य...