उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार
मङ्गलबार, ०८ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ । कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १३८ जना बिद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो । सम्मानित हुने १ सय १८ जना विज्ञान संकाय र २० जना ब्यवस्थापन २० संकायका कक्षा ११ र १२ का विद्यार्थीहरू रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कलेजले निश्चित मापदण्ड तय गरी उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । कक्षा ११ र १२ मा २ हजार ५ सय विद्यार्थीहरू अध्ययरत रहेका मध्ये ७५ प्रतिशत अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको कलेजले जनाएको छ । उत्कृष्ट मध्ये पनि प्रथम, द्धितीय, तृतीय र उत्कृष्ट दशभित्र पर्ने ४२ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको छ । ६० प्रतिशत अंक ल्याउने तीन सय भन्दा बढी विद्यार्थीहरुलाई कलेजले यसअघि छात्रवृत्ति प्रदान गरिएको जनाएको छ । कोशी प्रदेशभित्र कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको रुपमा चिनिएको शिक्षादीपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणलेले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङमा पनि छात्रवृत्तीमा नाम निकाल्न सफल छन् । त्यसैले गर्दा कलेजले हप्ताको प्रत्येक शनिबार मेडिकल र इन्जिनियरिङको तयारि कक्षा हुने गरेको प्रिन्सिपल खड्काले बताए ।
११ र १२ कक्षाका विद्यार्थीहरुको लागि तयारी कक्षा पनि सुरु गरिएको कलेजले जनाएको छ । ‘विद्यार्थीहरूलाई दक्ष प्रध्यापक र शिक्षकहरूबाट पठनपाठन र विद्यार्थीहरुको मेहनतको कारणले कलेजले सफलता लिएको हो,’ प्रिन्सिपल खड्काले भने, ‘हामीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी रहेको छैन । विद्यार्थीहरुको इच्छा र चाहना हामीले शिक्षामा पु¥याएका छौं ।’ उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार र सम्मान कलेजका प्रिन्सिपल खड्का, विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशकहरु शैलेन्द्र सिवाकोटी, भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारले वितरण गरेका थिए ।
पोखरा, १४ वैशाख-अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ । गत ३ माघ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा हराएकामध्ये २ जना कोरियाली नागरिकको शव फेला परेको कास्की प्रहरी प्रमुख...
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना...
विराटनगर, साउन १६-झापाको मेचीनगरस्थित काकडभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन ११ गते कारभिट्टाको होल्डीङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेका...
काठमाडौं, २७ वैशाख-भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका २ दुर्जन बढी विद्यार्थी नेता कार्यकर्ता जना पक्राउ परेका छन् । शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको...
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । संक्रमणका कारण प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा झापाको विर्तामोड–८ की ४५ वर्षीया महिलाको गएराति १२ बजेर २५ मिनेटमा मृत्यु भएको हो...
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो । शुक्रबार नर्सरी...
विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन...
विराटनगर । एकीकृत घिमिरे कल्याण परिषद केन्द्रीय कार्यालय पुष्पलाल चोक विराटनगरको परिषदले कुलपुजा देवाली गर्ने भएको छ । मंगलबारका दिन कुलपुजा देवाली विराटनगरमा हुने भएको हो । कुलपुजामा एक हजार बढी घिमिरे वन्धुहरुको उपस्थिती हुने...