बीपी प्रतिष्ठानमा विर्तामोडकी संक्रमित महिलाको मृत्यु - News Birat

बीपी प्रतिष्ठानमा विर्तामोडकी संक्रमित महिलाको मृत्यु

न्यूज विराट

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । संक्रमणका कारण प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा झापाको विर्तामोड–८ की ४५ वर्षीया महिलाको गएराति १२ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

१९ मंसिरमा कोरोना पोजिटिभ देखिएकी मृतक महिलालाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलले जानकारी दिए । मृतक महिला मुटुरोगी समेत भएको उनले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles