कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ लाई

 न्यूज विराट
कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ लाई

विराटनगर । प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ नम्बर वडाले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा सोमबार सम्पन्न भएको फाइनलमा वडा नम्बर १४ लाई पराजित गर्दै १७ नम्बर वडा विजयी भएको हो ।
उपाधि सँगै वडा नम्बर १७ ले नगद ३१ हजार रुपैयाँ पाएको छ । उपविजेत बनेको विराटनगर १४ ले नगद २१ हजारमा क्ति बुझायो । यस्तै खेलको उत्कृष्ट खेलाडीको पुरस्कार वडा नम्बर १७ का खेलाडी मोहम्मद सहमद आलम र उदीयमान खेलाडीको पुरस्कार वडा नम्बर १४ का अनिस यादव घोषित भए । विजेता तथा उपविजेता टिमलाई नेकपा एमालेका नेता विनोद ढकाल, नेकपा एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापा लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा विराटनगरका १२ वटा वडाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पूर्व केन्द्र्रीय सदस्य विनोद ढकालले खेलकुदको माध्यमबाट सबै समूदायलाई एकताको सुत्रमा बाँध्न सकिने भन्दै सबै खेल क्षेत्रको विकासको लागि सबै पक्ष लाग्नु पर्नेमा जोड दिए । एमाले विराटनगर अध्यक्ष सागर थापाले खेल क्षेत्रको विकासको लागि नेकपा एमालेले सधै साथ सहयोग गर्ने बताए । उनले मदन भण्डारी स्पोट्स एकेडेमीले विराटनगरको खेल क्षेत्रको विकास गर्न तथा खेलकुदका लागि विराटनगरको दक्षिणी क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

सम्बन्धित समाचार

विराटनगर आएर मिनेन्द्र रिजालले भने–जंगली माओवादीलाई हामीलेनै मुलधारको राजनीतिमा ल्याएका हौँ

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जंगलको माओवादीलाई मुलधारको राजनीतिमा आफ्नो पार्टीले ल्याएको दावी गरेका छन् । विराटनगरमा बुधबार नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलेनै माओवादीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा...

प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १...

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपा १२५ नेताद्वारा हस्ताक्षर

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय २५ जना भन्दा बढी केन्द्रीय नेताले हस्ताक्षर संकलन गरेका छन् । केन्द्रीय सदस्य ठाकुर गैरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर संकलन...

पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा नलिने पृथ्वी सुब्बाको घोषणा

काठमाडौं, असार १ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने घोषणा गर्नुभएको छ । गुरुङको सचिवालयल अनुसार गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुने छ। गुरुङले नवगठित...

फेरी बढ्यो पेट्रोलिम पदार्थको मूल्य, पेट्रोल अब १२५ रुपैयाँ प्रतिलिटर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल/मट्टितेल र हवाई ईन्धन (आन्तरिक उडान) को साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मृल्यवृद्धिसँगै काठमाडौंका लागि...

देशभर ३६ हजार १७४ सक्रिय संक्रमित

काठमाडौं, २४ कात्तिक-काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त

सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो । शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्