विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ सुरू भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल सुरु भएको हो ।
कार्निभलको पहिलो दिन एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि ५ सम्मका बालबालिकाले आफूले जानेका विषयको प्रदर्शनी गरे । सयौंको संख्यामा उपस्थित अभिभावकलाई बालबालिकाहरुले दिनभरी मनोरञ्जन प्रदान गरे । यस्तै आफ्नो कक्षामा पढेका विषयत पाठमा नाटक प्रस्तुत गर्दा अभिभावक मख्ख परिरहेका देखिन्थे । कार्निभलमा नाटक हेरिरहेका अभिभावक बलराम गिरीले भने, ‘कस्तो बबाल एक्टिङ गरेको ।’ गाउँ समाज मिलेर बस्नुपर्छ भन्ने सन्देश बोकेको पाठको नाटक देखाइरहेका बालबालिकाले अधिकांश अभिभावकको ध्यान खिच्न सक्यो ।
गणित, नेपाली, समाजिक, विज्ञान, कम्प्युटर, बिंगोलगायतका विभिन्न क्षेत्र छुट्याएर बालबालिकाले आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुको परियोजना प्रदर्शनी गरेका थिए । विषयगत विषयमा अभिभावकलाई समेत खेल खेलाउँदै तक्मा दिइरहेका देखिन्थे । एउटा महोत्सव जस्तै लाग्ने कार्निभलमा रहेका ३५ वटा स्टलमा कतिपय अभिभावक तथा विद्यार्थीहरु अवलोकन गर्न, खेल्न ब्यस्त देखिन्थे भने कोही फोटो खिच्न त कोही बालबालिकाका प्रतिभाहरु हेरेर मख्ख देखिन्थे । कार्निभलको दोस्रो दिन विद्यालयभित्रै आन्तरिक प्रदर्शनी गर्ने तयारी गरेको एभरेष्टले फागुन ७ गते भने कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको प्रत्यक्ष सहभागितामा भव्य रुपमा विभिन्न प्रदर्शनी, एभरेष्ट सिङ्गिङ आइडल– २०८०को ग्राण्ड फिनालेलगायतका कार्यक्रम गर्दै सम्पन्न गर्ने एभरेष्ट स्कुलका भाईस प्रिन्सिपल नारायण कडरीयाले बताए ।
सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...
काठमाडौं, ७ चैत । नेकपा (एमाले) को खनाल-नेपाल समूह निकट युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भेलालाई पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू भएको छ । नजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा शुक्रबारदेखि औपचारिक रुपमा प्याब्सन स्र्पोटस मिट सुरु भएको हो । उक्त स्पोर्ट्स मिटको उद्घाटन...
विराटनगर, १ पुस । नेकपा (एमाले) मोरङको नवौं जिल्ला अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने भएको छ । बिहिबार बसेको नेकपा (एमाले) मोरङको बैठकले केन्द्रीय सर्कुलर अनुसारनै आगमी पुष २३ र २४...
विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान...
विराटनगर, ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाबाट नेपाली कांग्रेसका स्थानीय नेतासहित एक दर्जन जुवाडे पक्राउ परेका छन् । गत कात्तिक ४ गते सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै जुवा खालमा जुवा खेलीरहेको अवस्थामा...
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै...
विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव सुरु भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा आजबाट महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन विराटनगर १५ का प्रकाशत साह र १६ का वडाअध्यक्ष उद्धव...