केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार, एक जना पेस्तोलसहित पक्राउ

 न्यूज विराट
केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार, एक जना पेस्तोलसहित पक्राउ

विराटनगर । मोरङको केराबारीमा आमा– छोरीमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राईलाई खुकुरी प्रहार गर्ने लेटाङ नगरपालिका–१ का ५२ वर्षीय नीरकुमार राई पक्राउ परेका हुन् । पक्राउ परेको राईको साथबाट प्रहरीले खुकुरी र पेस्तोल पनि बरामद गरेको छ ।

खुकुरी प्रहारबाट आमा छोरी टाउको,अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । अवस्था मध्यम रहेका उनीहरुलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।खुकुरी हान्ने नीरकुमार जमुनादेवीका भान्जा हुन् । नीरकुमारकी श्रीमतीले दोस्रो बिहे गरेको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नीरकुमारसँग सम्बन्ध विच्छेद गरेर श्रीमतीले दोस्रो बिहे गरिछन् । आफूबाट अलग बनाएर श्रीमतीको दोस्रो बिहे गराइदिएको आरोप उनले माइजूलाई लगाउँदै आएको खुलेको प्रहरीले जनाएको छ । माइजूलाई आक्रमण गर्नका लागि नीरकुमार खुकुरी र पेस्तोल बोकेर घरमै पुगेका थिए । घरमै पुगेर पेस्तोल ताक्दै खुकुरीले प्रहार गरेको प्रहरीले बताएको छ ।
पेस्तोल भने प्रहार नगरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुरुमा उनले माइजू जमुनादेवीलाई खुकुरीले हानेका थिए । त्यसपछि छुट्याउन गएकी रेणुकालाई पनि प्रहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । खुकुरी प्रहार हुन थालेपछि जमुनादेवीका परिवारले प्रतिकार गरेका थिए । प्रतिकारबाट नीरकुमारसमेत घाइते भएको प्रहरीको भनाइ छ ।
खुकुरी हानेका आरोपीको साथबाट एउटा सक्कली र अर्को नक्कली पेस्तोलसमेत फेला परेको छ । एसपी पोखरेलका अनुसार नीरकुमारको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको उनले बताए । सक्कली र नक्कली पेस्तोल तथा घटनामा प्रयोग गरिएको खुकुरीसहित नीरकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार

स्वास्थ्य संकटकालको स्थिति आउनसक्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक परे स्वास्थ्य संकटकाल लगाएर भए पनि कोभिड महामारी नियन्त्रण गर्ने बताएका छन् । त्यसका लागि कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमार्फत कानूनी व्यवस्था गरिएको उनले जनाए । 'गतवर्ष कोभिड नियन्त्रणमा आएको...

विराट गोल्डकप, फाइनल यात्राको लागि आज पुलिस र चर्च ब्वाइज भिड्दै

विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज सझ साढे ६ बजे सुरु हुँदैछ । विराटनगर सहिद मैदानमा विभागीय टिम नेपाल पुलिस क्लब र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च...

अर्थतन्त्र सुधार्न तत्काल आर्थिक संकटकाल घोषणा गर्नुपर्छ:दुगड

काठमाडौं । नेकपा (एमाले)का उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोति दुगडले देशको अर्थव्यवस्था सुधार्न आर्थिक संकटकाल लगाउनुपर्ने बताएका छन् । आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्थासम्बन्धी छलफल कार्यक्रममा उनले देशको आर्थिक अवस्था...

विश्वासको मत पाउन गणितले पुग्दैन, राजिनामा दिन मुख्यमन्त्रीलाई कांग्रेसको सुझाव

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन सुझाव दिएका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले विश्वासको मत पाउँछु भन्नेमा ढुक्क भएको...

प्रचण्डलाई ओलीको जवाफ : एमसीसी हस्ताक्षरकर्ता तपाईं ‘राष्ट्रवादी’, म कसरी ‘राष्ट्रिय हित विरोधी’

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावमा एमसीसी परियोजनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपमा जवाफ दिएका छन् । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा...

कविता प्रतियोगितामा शिक्षादीपकी सिम्रिका प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा सिम्रिका तिमसिना प्रथम भएकी छन् । शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा एञ्जल राई...

सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

विराटनगर, माघ १६–विराटनगर महानगरपालिका–८ बलुवाईमा सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । साविक वडा नम्बर ११ मा विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार एक कार्यक्रमबीच भवन शिलान्यास गरेका...

पुन: भर्ना आव्हान नगरिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको आपत्ति

विराटनगर, फागुन १६–पूर्वान्चल विश्वविद्यालयको स्नताकोत्तर तहमा भर्ना आवेदनका लागि समय नसकिदै अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि रोकिएको भर्ना आवेदन पुन आहन नगरिएको भन्दै विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । पूर्वान्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्