पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता, प्रथम भइन् बिन्जु
बुधबार, ०२ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।
विद्यार्थीका अभिभावकहरूको लागि आयोजना गरिएको उक्त प्रतियोगिताको प्रथम बिन्जु पराजुली, द्वितीय प्रिती राई, तृतीय कोपिला कार्की भएकी छिन् । यसैगरी सान्त्वना सुमित्रा राजवंशी, कल्पना घिमिरे, मेनुका जोगी, अनिशा जोगी रविना राई भइन् । अभिभावकहरूमा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले पूर्वाञ्चलले पहिलो पटक नौलो प्रकारको कार्यक्रम आयोजना गरेको हो ।
‘यस्तो प्रतियोगिताले विद्यार्थीको मात्र होइन अभिभावकहरुको पनि लुकेको प्रतिभा उजार गर्छ,’ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले भने, ‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै संस्कार र सीपसहितको शिक्षा दिइरहेको छ । त्यसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरू पनि गराइदै आएको छ । अभिभावकहरुको प्रतिभा पनि खोजी गरिन यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।’ प्रतियोगितामा भाग लिएका अभिभावकहरुले आफ्नो रुची अनुसार गीत र नृत्य प्रस्तुत गरेका थिए । बिजयी हुने अभिभावकहरुलाई पुरस्कार वितरण विराटनगर १३ का वडाअध्यक्ष सुर्यलाल यादव र स्कुलका प्रिन्सिपल अर्जुनश्रेष्ठले वितरण गरे । सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य र गीत पनि प्रस्तुत गरि रमाइलो गरेका छन् ।
विराटनगर, ४ वैशाख-प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको उनले...
कोरोना भाइरस संक्रमणको अवधिमा नेपाल बाहिरबाट आएर जानकारी नदिई घरमा बस्ने व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाही गर्ने भएको छ । त्यस्ता व्यक्तिहरूलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कानूनी कारबाही र दण्ड...
एजेन्सी, जेठ २७-संसारभरको धेरै देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेका बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् ।...
विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा उपभोक्ताको भिड लागेको छ । सोमबारमात्रै झण्डै २५ हजार टिकट विक्री भएको आयोजकले दाबी गरेको छ । एक्स्पोमा दिउँसो कृषिजन्य र औधोगिक उत्पादनको कारोवार उल्लेख्य हुने...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिमा नयाँ नेतृत्व चयन भएको छ ।विराटनगरमा शनिबार सम्पन्न भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि...
काठमाडौं, २५ असार-बिहीबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार काठमाडौंसहित देशभर १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८...
काठमाडौं, १५ असोज-सकारले करका दर घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफ १ बमोजिम करका दर घटाउने निर्णय भएको बताए...
काठमाडाैं, २२ असार-शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाे भन्दै साेमबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भयाे । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...