विराटनगरको शैक्षिक संस्थामा चन्दा आतंक, दुई जना पक्राउ
मङ्गलबार, ०१ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । शैक्षिक संस्थामा चन्दा आतंक मच्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भइ काठमाण्डौ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ का ३० वर्षीय विपिन अधिकारी रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
पक्राउ परेकाको साथबाट शैक्षिक संस्थामा चन्दा माग्न लेखिएको पत्र, नगदी रसिद र लेटरप्याट पनि बरामद भएको एसपी पोखरेलले बताए । मोरङ प्रहरीले उनीहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । भूमिगत संगठनको नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरि चन्दा माग गर्ने र नदिए विस्फोटक पदार्थ राखेर आतंक सृजना गर्ने गरको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मंगलबार बिहान विराटनगर–३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको थियो । डिस्पोज गरिएको शंकास्पद बस्तु कुकर बम भएको पुष्टि भएको छ । सो घटनामा पनि उनीहरूको संलग्नता रहेको एसपी पोखरेलले बताए । प्रहरीले उनीहरुको साथबाट विस्फोटक पदार्थ बनाउने सामग्री सातवटा डेटोनेटर, १८ फिट तीन इन्च लम्बाइको तार, एक केजी सोडा पनि बरामद गरेको छ । चन्दा नदिए ध्वांसात्मक कार्य समेत गरिने भन्ने सुचनाका आधारमा पक्राउ गरिएको एसपी पोखरेलले बताए । ‘सुनसरी र झापाका शैक्षिक संघसंस्थाहरूमा चन्दा असुली गरेको सूचना थियो । उक्त समूहले झापापछि मोरङ आएको हामीले सूचना पाएका थियौं । चन्दा असुलीको पत्र पठाएको जानकारी पयौं र त्यसपछि पक्राउ गर्न विशेष प्रहरी परिचालन गरियो,’ एसपी पोखरेलले भने, ‘चन्दा नदिने शैक्षिक संस्था अगाडी पनि बिस्पोट गराउने उनीहरुको उद्देश्य थियो । त्यो हामीले पुरा हुन दिएनौं । बेलैमा सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिन सफल भएका छौं ।’ उनीहरुले विराटनगरका शैक्षिक संस्थालाई त्रसित बनाउन प्रेसर कुकर बम खाली चौरमा लुएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।...
विराटनगर । विराटनगर – १६ रानीको सलाइमिलभित्र एक हप्ताको महायज्ञ हुने भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म महायज्ञ हुने भएको हो ।आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि...
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट...
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरुको अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क बढाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसीको अध्ययन...
एजेन्सी, साउन ५ -विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९ सय ७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरिमा १ करोड ४६...
विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने...
विराटनगर । पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि...