तोरेन्द्रमान सिंह प्रधानको स्मृतिग्रन्थको लोकार्पण

 न्यूज विराट
तोरेन्द्रमान सिंह प्रधानको स्मृतिग्रन्थको लोकार्पण

विराटनगर । वरिष्ठ सामाजिक अभियान्ता एवं स्वन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको स्मृतिग्रन्थको लोकार्पण भएको छ । तोरेन्द्रमान सिंह फाउण्डेसनले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रधानको स्मृतिग्रन्थको लोकार्पण गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले प्रधानको स्मृतिग्रन्थको लोकार्पण गरे । प्राकृतिप्रेमी, वरिष्ठ समाजिक अभियान्ता, सबैका अभिभावक एवं स्वतन्त्र सेनानी प्रधानको बहुआयामिक व्यक्तित्वका विषयमा लेखिएको ५० वटा लेख संग्रहित स्मृति ग्रन्थ प्रकाशनमा ल्याएको हो । स्मृति ग्रन्थमा ४७ नेपाली लेखका साथै दुई अंग्रेजीमा र एउटा नेवारी लेख संग्रहित छन् ।

स्वर्गीय सिंहका बालसखा, राजनितिक व्यक्तित्वसहित सामाजिक अभियन्ताहरूले उनका बिषयमा लेखेका लेखहरू संकलन गरी स्मृति ग्रन्थ प्रकाशनमा ल्याइएको फाउण्डेशनका अध्यक्ष सुर्दशनबहादुर श्रेष्ठले जानकारी दिए । पहिलो संस्करण ५ सय प्रति स्मृति ग्रन्थ प्रकाशनमा ल्याइएको फाउण्डेशनका अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा स्मृतिग्रन्थका सम्पादक दिनेश श्रेष्ठ र भाषा सम्पादक गणेश बज्राचार्यलाई प्रदेश प्रमुख खापुङले सम्मान गरे ।

कार्यक्रममा तोरेन्द्रमानसिंह फाउण्डेशनका संरक्षक इन्दिरा प्रधान, स्वर्गीय सिंहका बलसखा मुकुन्द नेपाल र समाजसेवी केदारमल तोदी लगायतको सहभागिता थियो । विराटनगर–१० निवासी स्वतन्त्रता सेनानी सिंहको ९१ वर्षको उमेरमा २०७९ असोज ३ गते देहावसान भएको थियो ।

तारेन्द्रमान सिंह फाउण्डेशनका अध्यक्ष सुदर्शन बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको बिशेश अतिथी बालसखा केदारमल तोदि र मुकुन्द नेपाल रहेका थिए । कार्यक्रममा सुदर्शन बा श्रेष्ठ, श्याम पौडेल, डा. सम्झना प्रधान, मुकुन्द नेपाल, राजन श्रेष्ठले बोलेका थिए । कार्यक्रम सन्चालन फाउन्डेसनका सचिब हरि बहादुर श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचार

विद्यालयमा सिकाई सञ्चालनका लागि सुझाव संकलन

विराटनगर १२ भदौ–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प छ । लामो समय देखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी सुुरु...

कोरोना संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापी असफल

एजेन्सी, बैशाख १९-भारतको मुम्बईमा कोरोना भाइरसका संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापीको प्रयोग असफल भएको छ ।महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी हुने दाबी गरेका थिए । तर बिहीबार कोरोना...

थप ८२१ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुने १७ सय नाघे

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४२३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१७ महिला र ५०४ पुरुषमा कोरोना भाइरस...

मोरङको ग्रामथानमा तेली कल्याण समाज गठन, संयोजकमा प्रदिप साह

विराटनगर । मोरङको ग्रामथानमा तली कल्याण समाज नेपाल गठन भएको छ । ग्रामथानको नेताचौकमा सोमबार आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा तेली कल्याण समाज गठन गरेको हो । प्रदिप साहको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति...

हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएका वेबसाइट सामुदायिक विद्यालयलाई निःशुल्क हस्तान्तरण

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी...

अवकाशप्राप्त उपरथी श्रेष्ठसहित ९ सैनिक अधिकृत कारवाहीमा

काठमाडौं, १६ जेठ-नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित ९ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही  गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी...

भारतले ‘नक्कली अयोध्या’ बनाइ सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री

काठमाडौं, २९ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन् । भगवान् रामको राज्य...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, धरानलाई पाँच गोल गर्दै दमक भेट्रान्स सेमिफाइनलमा

विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्