मुख्यमन्त्री कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने चार कर्मचारी संगठनको घोषणा
आइतबार, २८ माघ, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की दिएको अभियुक्तको क्षमायाचना नगरे आन्दोलन गर्ने चार कर्मचारी संगठनले घोषणा गरेका छन् । राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चारवटा संगठनले मुख्यमन्त्री कार्कीले क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका हुन् ।
गत सोमबार मोरङको सुन्दरहरैचास्थित साँजीलाल माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सवका क्रममा आफू विद्यार्थीकालमा कक्षामा सधैँ लाष्ट बेञ्चमा बस्ने र फष्ट बेञ्चमा बस्नेको बखान गरेका थिए ।
बखानका क्रममा उनले आफ्नो विद्यार्थीकालमा फष्ट बेञ्चर खरिदार भएर भुँडीमात्र भर्न ठिक्क भएको र आफू लाष्ट बेञ्चर भएर पनि मुख्यमन्त्री बन्न सफल भएको अभिव्याक्ति दिएका थिए । उक्त अभिव्यक्ति सच्याउन कर्मचारी संघ र संगठनले कार्कीलाई आग्रह गरेका छन् ।
‘ुम कक्षामा बस्ने लाष्ट बेन्चर हुँ, फष्ट बेन्चमा बस्नेले केवल लेख्न र पढनमात्र जान्यो,ु उनले भनेका थिए, ‘कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्र जान्यो, उ अहिले खरिदार छ, म मुख्यमन्त्री छु ।, यही अभिव्यक्तिका कारण कार्की यसबेला सामाजिक सञ्जालमा छाएका मात्र छैनन् उनी निजामती कर्मचारीका विभिन्न चार संगठनको आलोचनाका पात्र पनि बनेका छन् ।
कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर बन, एमाले निकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्र निकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र नेकपा एकीकृत समाजवादी निकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्त रुपमा विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपरिपक्व र आपत्तिजनक भएको उल्लेख गर्दै क्षमायाचनाको माग गरेका छन् ।
मुख्यमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको छ । विज्ञप्तिमा भनिएको छ, ुसबैभन्दा ठूलो लोकतान्त्रिक दलबाट प्रदेशसभामा अत्यधिक मतसहित निर्वाचित भएर मुख्यमन्त्री बनेका कार्कीले कर्मचारीका सम्बन्धमा दिएको गैह्र जिम्मेवारी र आपत्तिजनक अभिव्यक्तिले समग्र राष्ट्रसेवक कर्मचारीहरूको मानमर्दन भएकोमा हामी आपत्ति व्यक्त गर्छौं ।
‘मुख्यमन्त्रीले आफ्नो अभिव्यक्ति प्रति क्षमायाचना नगरे आफूहरू संयुक्त रुपमा आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,’ ‘आम निजामती कर्मचारीको योग्यता र क्षमताको मानमर्दन हुने गरी व्यक्त अभिव्यक्ति प्रति घोर निन्दा र आलोचना गर्दै उत्तेजनामा आएर गरिएको अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसेवकको मानमर्दनमा पुगेको चोटप्रति क्षमायाचना गर्न मुख्यमन्त्रीलाई आग्रह गर्छौं ।’
विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...
कैलाली, २० पुस-सुदुरपश्चिम प्रदेशका सांसदहरुलाई नेकपा प्रचण्ड–नेपाल पक्षले धम्कि दिने थालेको उद्योगमन्त्री लेखराज भट्टले आरोप लगाएका छन् । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको उनको दाबी छ । धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार...
विराटनगर । कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाएका छन् । उदयपुरबाट निर्वाचित माओवादी सांसद बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा...
जनकपुरधाम, २९ चैत-करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हालसम्म कुल ३ सय ६३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ३६३ जनाको स्वाब संकलन गरिएकोमा १ सय ३२ जनाको रिपाेर्ट नेगेटिभ आएको...
काठमाडौं, १५ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको माथापच्ची चर्किरहेका बेला यसलाई समाधान गर्न भोलि मंगलबार सचिवालय बैठक बस्ने भएको छ । केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बिहीबार विराटनगरस्थित एनसीडिए भवनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । रंगहरूको पर्वको अवसरमा औषधी व्यवसायीहरूबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो...
धनगढी, ११ जेठ-कैलालीको गौरीफन्टा नाकाबाट सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्दार आज पनि जारी छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतबाट विभिन्न क्षेत्रबाट गौरीफन्टा नाका सम्म पुगेकाहरुको उद्दार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले मंगलबार विहान प्रभातफेरी निकालेको हो । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा...