विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोमबीच सम्झौता

 न्यूज विराट
विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोमबीच सम्झौता

विराटनगर । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच उपचारमा सौलियत दिन सम्झौता भएको छ । विराटनगर हार्डवेयर संघले आफ्ना सदस्य, कर्मचारी र कर्मचारी सँग आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ विराट नर्सिङहोम सँग सम्झौता गरेको हो ।

विराटनगर हार्डवेयर संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल (जिन्दल) र विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले स्वास्थ्य उपचार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संघ र नर्सिङहोम बिच आगामी दिनमा स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्झौता भएको छ ।

विराटनगर हार्डवेयर संघमा प्रमोद अग्रवालले अध्यक्ष पदको जिम्मेवारी सम्हालेको केही दिन पछि संघका सदस्य, कर्मचारी र कर्मचारीका आश्रित परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अगाडि बढेर नर्सिङहोम सँग स्वास्थ्य सम्झौता गरेको हो । जुन कामको हार्डवेयर संघका सदस्यहरूले स्वागत गरेका छन् ।

सम्बन्धित समाचार

गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पत्र

काठमाडौं, ३ भदौ । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ । लेनदेन मुद्दाका प्रतिवादी अध्यक्ष मल्ललाई पक्राउ गर्न भन्दै गत ३१ साउनमा पर्वत...

सुनसरी दुर्घटना अपडेटः एक भारतीयसहित तीन जनाको जलेर मृत्यु, २७ जना घाइते, १० जनाको विराटनगरमा उपचार हुँदै

विराटनगर, २२ माघ । सुनसरीमा गएराति भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित खुनिया खोला पुलमा गए राति बस र ट्रक एक अपसमा ठोक्किएर आगलागी हुँदा तीन...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...

मेडिकल र इन्जिनियरिङमा अब्बल शिक्षादीप कलेज

विराटनगर । डाक्टर र इन्जिनियर अध्ययनको प्रवेश परीक्षा असाध्यै कठिनमध्येको एक हो र यसलाई जीवनको महत्वपूर्ण मोड पनि मानिन्छ । त्यसमा पनि छात्रवृत्ति कोटामा नाम निकाल्न ठूलै लगाव र मेहनतको आवश्यकता पर्छ । विद्यार्थीलाई शिक्षण...

यो वर्ष विराटनगरमा रथ यात्रा रोकियो

विराटनगर, असार २७–दक्षिण एशियाकै दोश्रो ठुूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ननिकालिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आयोजक समितिले रथयात्राको ५३ औं संस्करण स्थगन गरेको हो । प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको...

यातायात व्यवसायीका समस्या समाधान गर्न तत्काल राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, १ साउन-यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । आज बिहान प्रचण्ड निपास खुमलटारमा भएको भेटमा व्यवसायीले कोभिड-१९ पश्चात...

विराटनगरको अरनीको स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा विराटनगरमा रहेको अरनीको स्कुलका बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५...

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्