झी : पुचमा सामूहिक बेलविवाह

 न्यूज विराट
झी : पुचमा सामूहिक बेलविवाह

विराटनगर । विराटनगरस्थित झी : पुचमा नेवारी समुदायमा कन्याहरूको सामुहिक बेलविवाह गरिएको छ ।
५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ । मंगलबार झी : पुचमा २० जना नेवारी कन्याहरुको सामूहिक बेलविवाह गरेको झी ः पुच विराटनगरका निर्वतमान अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए । यसपटकको बेलविवाहमा सिक्किम, सिन्धुली, रंगेली, दमक र विराटनगरका गरी २० जना कन्या र तिनका अभिभावकको सहभागिता रहेको बताइएको छ । ३४ वटा विधिहरू गरेपछि बेलविवाह अर्थात ईही सम्पन्न हुने गर्दछ ।

बेलविवाहमा सहभागी कन्याहरूको बगलामुखी मन्दिरका पुजारी राजेन्द्र राजोपाध्यायले वैवाहिक संस्कार गराएका छन् । नेवार कन्याहरूको महिनावारी हुनु अघिनै बेलसंँग विवाह भइसक्नुपर्ने धार्मिक परम्परा छ ।

झी पुचः ले नेवारी भाषा, संस्कृति र परम्पराको जर्गेनामा चार दशकभन्दा लामो समयदेखि सक्रिय छ । झी पुचःले गर्ने विविध कार्यक्रममध्ये बेलविवाह पनि एक हो । बेलविवाहलाई नेवारी भाषामा ‘इही’ भनिन्छ । झी पुचःको भवनमा सोमबार सुरु भएको सामूहिक बेलविवाह मंगलबार समापन भएको हो ।
विगत ४० वर्षदेखि झी पुचःले बेलविवाह, व्रतबन्ध, गाईजात्रालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । ५ देखि ११ वर्षभित्रका कन्याको विधिपूर्वक बेलविवाह गरिन्छ । नेवारी संस्कृतिमा बेलविवाहको धेरै नै महत्व रहेको छ ।

सम्बन्धित समाचार

समूहमा नमाज नपढ्न स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समूहमा नमाज नपढ्न तथा पूजा नगर्नका लागि आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समूहमा नमाज नप्ढ र भोज नगर्नका लागि आग्रह गरेका छन् । उनले यस विषयमा मुस्लिम आयोगसँग...

अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ

डडेल्धुरा, २६ वैशाख-डडेल्धुरामा प्रहरीले १ जनालाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ का विमल ओड रहेका छन् । स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको डडेल्धुराका...

प्रदेश १ मा १३ संक्रमित थपिए, १० जना डिस्चार्ज

विराटनगर, ८ साउन–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष,...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको छ । क्लबले एक कार्यक्रमकाबिच अपाङ्गता भएका तीन जना व्यक्तिहरुको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको हो । मोरङको रतुवामाई–२ का चकाटु हरिजन, बुढीगंगा–२...

तोकियो पानीको मूल्य, १ बोतलको १६ रुपैयाँ

काठमाडौं, २६ साउन-व्यापारीले अब १ बोतल पानी बेच्दा १६ रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोतल पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकेको छ । बोतलको पानीमा प्रतिकार्टुन...

नेकपा प्रचण्डसमुहद्वारा विराटनगरमा मशाल जुलुस

विराटनगर, २१ माघ । सरकारलेसंसदीय सुनुवाईको प्रकृया पुरा नगरी संवैधानिक आयोगहरुमा नियुक्त पदाधिकारीलाई शपथग्रहण गराएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समुहले बुधबार साँझ विराटनगरमा मशाल जुलुस प्रदर्शन गरेको छ । संवैधानिक परिषद्ले गरेको नियुक्ति...

युवालाई रोजगार बनाउन उद्योग संगठनले सञ्चालनमा ल्यायो ‘कर्मशिल डट कम’

विराटनगर, २१ माघ । वेरोजगार युवायुवतीलाई रोजगार उपलव्ध गराउन आजदेखि कर्मशिल डट कम (karmashil.com)अनलाईन पोर्टल सञ्चालनमा आएको छ । उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाद्वारा संयुक्त रुपमा संचालित पोर्टलले प्रदेश १ का उद्यमी व्यवसायीहरुलाई आवश्यक...

मिल्स गोल्डकप, झापाको ध्रुवतारा क्लब फाइनलमा

विराटनगर । ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्