क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतना मुलक कार्यक्रम

 न्यूज विराट
क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतना मुलक कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम गरेको छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’ नाम दिएर जनचेतना मुलक कार्यक्रम गरेको हो । उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गरे । उपचारको पहुँचको दुरीलाई घटाउँदै लाने संकल्प सहित रोगीको उपचार सहयोगार्थ समेत कार्यक्रम गरिएको हो ।

आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ फरक तथा पृथक १५ वटा भन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गरिएको छ । “आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौ” भन्ने नारा सहित आयोजना गरिएको रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटका सिइओ डा. निकिता कार्कीले बताए । एकै दिन स्कुल ¥याली, साइकल ¥याली, स्कुटर ¥याली, कार ¥याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग बिशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका बिद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुती, सांगीतिक कार्यक्रम भएको छ ।

कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीहरुलाइ दिने निर्णय गरेको उनले बताए । ‘क्यान्सरसँग लडिरहेका बिरामी जसले बाँचेर जीवनमा केहि गर्छु भनि सर्घष गरिरका विरामीलाई सहयोग गर्ने निर्णयका साथ अगाडी बढेको हो,’ उनले भने, ‘यस सचेता मुकल कार्यक्रमबाट संकलन भएको रकम १५ जना बढी क्यान्सरका विरामीको उपचारमा सहयोग गरिने पवित्र लक्ष्य बोकेर गर्न लागेको कार्यक्रम हो । अहिले मनकारी व्यक्ति, संघसंस्था र उद्योगहरुले साथ सहयोग पनि गर्दै आएका छन् ।’ आर्थिक विपन्न र क्यान्सको उपचार गर्न नसक्ने विरामीको सम्पूर्ण उपचार हुने बताइएको छ ।

सम्बन्धित समाचार

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

क्वारेन्टाइनमा जुम्ल्याहा शिशु जन्माएकी आमाको रिपोर्ट नेगेटिभ

दाङ, २९ वैशाख-दाङको तुलसी बाल अस्पतालको आइसोलेसन वार्डमा रहेकी सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । यादवको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी...

पाँच दिन स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं, ६ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन...

सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस

काठमाडौं, २५ पुस । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस गरेको छ । आज आइतवार बसेको बैठकले कोरोना सङ्क्रमण बढ्दै गएकाले २५ जनाभन्दा...

विराटनगरमा व्यवसायीलाई धम्कि दिँदै रकम अशुली गर्ने दुई जना पक्राउ

विराटनगर, २० असोज । विराटनगरका विभिन्न व्यवसायीलाई धम्कि दिएर रकम अशुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका स्थित स्थानिय व्यवसायीलाई धाकधम्की दिई रकम माग गर्ने दुई जनालाई प्रहरीले विराटनगर बसपार्कबाट पक्राउ...

विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विराटनगर–१५ स्थित...

अन्तर विद्यालय पौडी प्रतियोगिता, एभरेष्टले जित्यो १७ स्वर्ण

विराटनगर । विराट स्वीमिङ ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न विराटनगर अन्तर विद्यालय पौडी प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले १७ स्वर्ण जितेको छ । एभरेष्टले प्रतियोगितामा खेलाईएका ३३ इभेन्ट मध्ये १७ वटामा स्वर्ण पदक जितेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्