कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो
शनिबार, २० माघ, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप गर्ने निर्णाय गरेको हो ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले योजनाहरूको प्रभावकारी कार्यान्वयका लागि आवश्यकता अनुसार योजना थपघट गर्दै कृषि तथा सिक्षा क्षेत्रको विकासमा थप नयाँ योजना तथा कार्यक्रम ल्याएको बताए । उनका अनुसार कटहरीमा माटो परीक्षण गर्न पालिकाले पाँच लाख रुपैयाँ लागतमा माटो जाँच मिनि ल्याब स्थापनाका लागि नयाँ कार्यक्रम थप गरिएको बताए । यसअघि माटो तथा वाली जाँच उपचार शिविरका लागि ६ लाख रुपैया पालिकाले वजेट विनियोजन गरेको थियो । कृषकको माग अनुसार मिनी ल्याब स्थापना गर्न प्रस्ताव ल्याइएको र त्यो चाँडै कार्यान्वयनमा आउने अध्यक्ष चौधरीले बताए ।
यसैगरी शत प्रतिशत अनुदानमा वर्षे सिजनको तरकारी मिनिकिट वितरण, तुलसी खेती गर्ने किशानलाई थप रकम अनुदान, कक्षा, ५ र ८ को स्तर मापन परीक्षा संचालन, विद्यालयमा इ–हाजिर जडान, विद्यालयलाई व्यववस्थित वनाउन डेक्सवेन्च खरिद तथा वितरण, अंग्रेजी माध्यमको पठनपाठनका लागि पाठयसमाग्री खरिद तथा वितरण, ५० प्रतिशत अनुदानमा मकै तथा गहुको विउ खरिद एंव वितरण तथा विभिन्न वडामा सडक तथा पुर्वाधर निमार्णका नयाँ योजनाहरु थप गर्दै आवश्यकता अनुसार वजेट विनियोजन गरिएको छ ।
वैठकमा गाउँपालिका उपाध्यक्ष सितादेवी राजवंशीले योजना तथा कार्यक्रम संशोधन गर्ने सम्वन्धमा प्रस्ताव पढेर सुनाएकी थिइन् । गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मनोजकुमार साहले आवश्कता अनुसार योजना तथा कार्यक्रम संशोधन गर्दै आवश्यकता अनुसार वजेट विनियोजन गरिएको बताए । वैठकमा पालिकाको सात वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले योजना कार्यान्वयनमा जोड दिनु पर्ने बताए । वैठकमा उठेका विषयलाई संवोधन गर्दै अध्यक्ष चौधरीले कृषीक्षेत्र लगायत सामाजिक कार्यलाई बढुवा दिनेगरि वडाले योजना तथा कार्यक्रम वनाउनुपर्ने बताए ।
बैठकले १ करोड ३० लाख २० हजार ५ सय बरावारको ३० वटा योजना हटाएको छ ।
विराटनगर ४ माघ । विराटनगरका चर्चित उद्योगी मोतीलाल दुगड प्रधानमन्त्री केपीकर्मा ओलीको विषेश आर्थिक सल्लाहकार बन्ने भएका छन् । संसद विघटनपछि भएको सरकार पुनर्गठनका क्रममा उद्योग राज्यमन्त्रीबाट राजीनामा दिएका विराटनगरका चर्चित उद्योगी दुगडले महत्वपूर्ण जिम्मेवारी...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताएका छन् । पुर्वाचल विश्व बिद्यालयको ११ औं दिक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।उनले विश्वविद्यालय र शैक्षिक...
काठमाडौं, असार ९-अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध...
एजेन्सी, जेठ १९-बलिउडका संगीतकार वाजिद खानको निधन भएको छ । गएराति वाजिदको निधन भएको उनको परिवारले पुष्टि गरेको छ । वाजिदको निधनले बलिउडको चर्चित साजिद–वाजिदको जोडी टुटेको छ । वाजिदले आफ्ना भाई साजिदसँग मिलेर बलिउडका...
बझाङ, ८ असार-बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् । ३ दिन अघि मात्र भारतको...
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका छन्।...
विगराटनगर । विराटनगरका ब्यूटिसियनहरुलाई निःशुल्क एक दिने ‘ब्राइडल मेकअप’ र ब्राइडल हेयर ट्रेनिङ दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरले मंगलबार एक दिने निःशुल्क ‘ब्राइडल मेकअप’ र बाइडल हेयर ट्रेनिङ दिएको हो...
काठमाडौं, १७ जेठ-सरकारी निवास बलुावाटरमा मन्त्रिपरिषद्को बैठक जारी छ । केही बेरअघि सुरू भएको बैठकमा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...