विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो ।
कक्षा दशमा अध्ययरत रौनक साह, इशान्त यादव, मो. अपताब, सुलभ श्रेष्ठ, सिद्धार्थ चौधरी, सक्षम मण्डल, प्रनिल तिमलसिना, मथक अग्रवाल, रोजिता शिवभत्ती, दिलाशा राजवंशी, कृष्टि पौदार, प्रियंका चौधरी बन्दना ढुंगेल, प्रिती राजवंशी र शिवराज राजवंशीले मिलेर ३ देखि ४ केजीसम्मको सामान बोक्ने ड्रोन बनाएका स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । विद्यार्थीले बनाएको ड्रोन एक सय फिट माथिसम्म उडने शिक्षक विकास रायले बताए । एम्बुनियम धातु, बिएलडीसि मोटर, साइट कन्ट्रोलर उपकरण जडान गरिएको ड्रोनमा ५२ सय एमएचका ब्याट्रि रहेको छ । उक्त ड्रोनले ६ केजीसम्म सामान बोक्न सक्ने उनले बताए । ‘ड्रोनको साहयताबाट किटनासक छर्न र दुर्गम क्षेत्रमा ड्रोनको साहयताबाट औषधीहरु लैजान पनि सकिन्छ,’ शिक्षक रायले भने । ड्रो बनाउन ४८ हजार रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीले बनाएको ड्रोन विद्यालयलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै स्कुलका प्रन्सिपल प्रेमलालसिंह सुवालले विद्यार्थीहरुले गहन अनुसन्धानपछि ड्रोन बनाएको बताए । विद्यार्थीहरुले सिकेको सिप व्यर्वहारमा उतारेको उनले बताए । ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएको छौं,’ उनले भने । कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष केशवलाल सिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अव प्रविधी र रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए ।
एजेन्सी, ४ पुस । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का...
काठमाडाैं, २८ भदौ-नेपालमा थप १ हजार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेम ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले २४ घण्टायताका सहित कुल संक्रमित संख्या ५४ हजार...
विराटनगर । मोरङको सुन्दरहरैचाको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोसी अस्पताल दिने सिंघय सरकारले निर्णय भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सङ्घीय सरकार अन्तर्गत...
काठमाडौं, २९ जेठ-आज कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । त्यहाँबाट २ वटा उडानमार्फत् ३ सय नेपाली नागरिक स्वदेश फर्कंन लागेका हुन् । बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका...
विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ ।जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी...
विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...
काठमाडौं, १५ कात्तिक-महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने भएको छ । हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४ सय २९ वटा सवारी साधनहरूमा...
विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते...