औषधि व्यवसायी संघ मोरङको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

 न्यूज विराट
औषधि व्यवसायी संघ मोरङको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्सयहरुले पदभार ग्रहण गरेका हुन् ।

२८ पुसमा भएको संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा देशबन्धु ढकाल, वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा जितु रजक, खुद्रा उपाध्यक्षमा मुकेश श्रीवास्तव, महासचिवमा अरुणकुमार ठाकुर, कोषाध्यक्षमा मनोजकुमार मण्डल, सचिवमा सरिता चौधरी, सह—कोषाध्यक्षमा राजकुमार यादव निर्वाचित भएका थिए । यसैगरी, खुद्रा सदस्यमा सुनिलकुमार चौधरी, थोक सदस्यमा राजेशकुमार मण्डल, सदस्यहरुमा अरविन्द्रकुमार मण्डल, गौरवप्रसाद साह , किरणकुमार चौधरी निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष ढकाललाई निवर्तमान अध्यक्ष लक्ष्मी तिमिल्सिनाले सपथ गराएका थिए ।

ढकालले सपथ लिएपछि अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायीहरुको हकहितमा सधैभरी लागि पर्ने बताए । उनले व्यवसायीहरुलाई एक ढिका बनाएर लैजाउने प्रतिवद्धता गरे । कार्यक्रममा नेपाल औषधि व्यवसयी संघका केन्द्रीय सदस्य प्रदिपकुमार दास, कोशी प्रदेशका उपाध्यक्ष नरेन्द्र बराल , झापाका अध्यक्ष जीवन खड्का, नेपाल औषधि व्यवस्था विभाग विराटनगरका शाखा अधिकृत अनिल परियारलगायतले नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

विराटनगर, ३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं...

२ गुणा बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

चालू आर्थिक वर्षको ८ महिनामा वैदेशिक लगानीको आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको प्रतिवेदनअसार गत वर्षको ८ महिनाकाे तुलनामा २ गुणाभन्दा बढी लगानी आप्रवाह भएको छ । लगानी आप्रवाह मात्रै...

रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमित

एजेन्सी, १२ असार ।रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको...

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिबद्धता कमजोर : माधव नेपाल

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट...

भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था चिन्ताजनक

एजेन्सी, २७-कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको दिल्लीस्थित एक सैन्य अस्पतालमा उपचार भइरहेको छ । समाचार...

प्रदेश नं. १ बाट ४६ जनाको नमूना संकलन

विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...

सुनको मूल्य ९९ हजार ८ सय पुग्यो

काठमाडौं, २० साउन-सोमबार स्थिर रहेको सुनको मूल्य आज वृद्धि भएको छ । आज प्रतितोला २ सयले वृद्धि भएर छापावाल सुन ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । मंगलबार तेजावी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्