कोशीमा जलन अस्पताल निमार्णको लागि सम्झौता, ४० करोडको लागतमा एक सय शैय्याको अस्पताल बन्ने

 न्यूज विराट
कोशीमा जलन अस्पताल निमार्णको लागि सम्झौता, ४० करोडको लागतमा एक सय शैय्याको अस्पताल बन्ने

विराटनगर । सुनसरीको इटहरीमा निमार्ण हुने एक सय शैय्याको जलन अस्पतालको लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि प्रदेश सरकार र ट्रष्टबीच जलन अस्पताल निमार्णको लागि सम्झौता भएको हो ।
सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले हस्ताक्षर गरेका छन् ।
ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ विघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको छ ।
प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन मिहनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिब डा. सुधा देवकोटाले बताइन् । ४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री केदार कार्कीले प्रतिबद्धता जनाएका छन् । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक डा. गौरी प्रधानले बताए ।

उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरे बापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गरिने समेत सम्झौता पत्रमा भनिएको छ ।
ट्रष्टले किर्तिपुर नगरपालिकासँगको सहकार्यमा किर्तिपुर अस्पताल, काठमाडौं मोडेल अस्पताल सञ्चालन गरेको र काठमाडौं बाहिर सात वटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायतको सेवा प्रवाह गर्दै आएको छ ।
मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरू अगाडी बढने बताए । ‘उर्लाबारीमा दिपावली मनाउने क्रममा भएको आगलागीका २५ जना घाइते र विराटनगरमा भएको आगलागीका ५ जना घाइतेको समयमा उपचार गर्न सकेको भए मानवीय क्षति कम हुन् थियो,’ उनले भने, ‘समयमा आगलागीमा घाइते भएकाको उपचार नहुँदा उर्लाबारी ८ र विराटनगरका ३ जना गुमाउन बाध्य भएकोले कोशी प्रदेशमा नै जलन अस्पताल निर्माण प्रक्रिया सुरू गरेका हौं ।’
मुख्यमन्त्री कार्कीले एकातिर समाजसेवीले बिरामीलाई उपचार सेवा दिइरहेको र अर्काेतिर व्यापारीहरूले उपचारको व्यापार गरिरहेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले जलन अस्पताल कुनै कारणले नरोकिने र बजेट अपुग भएको अवस्थामा प्रदेश सरकारले थप बजेट प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले नाफा रहित जन स्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले कोशीमा अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेको बताए ।

सम्बन्धित समाचार

तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर...

मिडिया सञ्चालक अब्दुल खत्ताबको बयान सकियो, बुधबार थुनछेक

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ । मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका...

वीरगञ्जमा ८ चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ साउन-वीरगञ्जमा २८ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मापदण्डको पालना नगरेकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बताए । उनका अनुसार ८ चिकित्सक, ६...

बिहीबार १ हजार ४० जना भित्रिए

काठमाडौं, ११ असार-सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली उद्दार गर्ने नीति लिएसँगै अन्तर्राष्ट्रिय उडानहरु बढ्न थालेका छन् । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।...

प्रदेश १ मा लकडाउनको मोडालिटी परिवर्तन हुने

प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको  छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप, विराट र भरौल भेट्रान्स विजयी

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुन्दरहरैंचाको विराट भेट्रान्स र भरौल भेट्रान्स क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा धरान पूर्वेली भेट्रान्स क्बललाई...

गभर्नरमा तीन जनाको नाम सिफारिस

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनोट समितिले ३ जनाको नाम छनोट गरेको छ । गभर्नरको अवकाश भएको १९ दिनपछि छनोट समितिले ३ जनाको नाम टुंग्याएको हो । अर्थमन्त्री खतिवडासहित पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा र...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई छाता वितरण

विराटनगर, २६ साउन। शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई छाता वितरण गरेको छ । गर्मी र वर्षाका कारण विद्यालय जानबाट वञ्चित विद्यार्थीहरुलाई क्लबले छाता वितरण गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्