पदक ल्याउने कराँतेका ११ जना खेलाडीलाई सम्मान

 न्यूज विराट
पदक ल्याउने कराँतेका ११ जना खेलाडीलाई सम्मान

विराटनगर । भारतको उत्तर प्रदेश आगरामा सम्पन्न भएको ‘इन्टरनेशनल कराँते च्याम्पिनसीप २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक ल्याउने ११ जना खेलाडीहरुलाई सम्मान गरिएको छ ।

विराटनगर ११ मा रहेको जनपथ माध्यमिक विद्यालयले स्वर्ण पदक ल्याउने ९ जना र रजत पदक ल्याउने दुई जना गरी ११ जना कराँतेका खेलाडीहरुलाई बुधबार सम्मान गरिएको हो ।

जनपथ माविमा सञ्चालित बालाजी डोजोबाट सहभागी भएर ९ स्वर्ण पदक र २ रजक पदसहित शतप्रतिशत सफलता हात पार्दै फस्ट रनरअप पनि बनेर देशको गरौव बढाउने बालाजी डोजाका खेलाडीहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । पढाइसँगै खेलकुदका माध्यमबाट देशको नाम राख्न सफल भएका विद्यार्थीहरुको हौसला बढाउन विद्यालयले सम्मान गरिएको बताए । यसरी स्वर्ण पदक जित्ने खेलाडीहरुमा २० केजी तौल समूहबाट आकृति कोइराला, ४५ केजी तौल समूहबाट आरुसा कोइराला, २५ केजी तौल समूहबाट दुर्गेश यादब, ४० केजी तौल समूहबाट अनसना न्यौपाने, ३५ केजी तौल समूहबाट सोनिया वन, ५० केजी तौल समूहबाट आलोक ठाकुर, ५५ केजी तौल समूहबाट बिवेक सिंह राजपुत, ७५ केजी तौल समूहबाट पंकज साह र ४५ केजी तौल समूहबाट सन्तोष साह रहेका छन् । यसैगरी रजक पदक जित्ने खेलाडीहरुमा ४० केजी तौल समूहबाट अमन शहनी र ७० केजी तौल समूहबाट विशाल चौधरी रहेका छन् ।


कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, जनपथ माविका व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइराला, विराटनगर ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपानेलगायतले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
पुस १४ र १५ गतेसम्म भारतमा भएको उक्त प्रतियोगितामा नेपाल, भारत, श्रिलंका र बंगलादेशका खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा खेलाडीहरुसँगै बालजी डोजोका संचालक तथा प्रशिक्षक मेनुका ठाकुर पनि गएकी थिइन् ।

सम्बन्धित समाचार

ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान बुद्धभूमि नगरपालिका-३, रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र १६ वर्षीय फुल कुमारी...

अवैध भारतीय मदिरा ‘सिक्कम गोल्डेन’ बरामद

विराटनगर, १० चैत । झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा...

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

विराटनगर । विराटनगर – ११ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् ।स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको...

अपडेट : आगलागीमा परी थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ...

७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द हुने

सिरहा, वैशाख १० । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी...

विराटनगरलाई सुकुम्वासी मुक्त्त शहर निर्माण गर्ने कांग्रेसको प्रतिवद्धता

विराटनगर,२५ वैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विकासको सम्भावक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनु पर्ने बताउनु भएको छ। स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोण सभामा...

२४ जना जम्मा भयौं, बैठक कसैले रोकेर रोकिदैन : झलनाथ खनाल

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आज बोलाईएको स्थायी कमिटी बैठक जसरी पनि सञ्चालन हुने दाबी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सल्लाह बिना नै अचानक...

विराटनगरमा शनिबारदेखि चौथो संस्करणको मारवाडी क्रिकेट लिग सुरु हुँदै

विराटनगर । विराटनगरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सुरु हुने भएको छ । यस वर्षको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता शनिबारदेखि संघीय राजधानी काठमाडौं, कोशी प्रदेशको राजधानी विराटनगर र भैरहवामा हुने भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्