पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए

 न्यूज विराट
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए

विराटनगर । रंगेली नगरपालिकाले पारदर्शी ढंगले परीक्षा सञ्चालन गरी कर्मचारीहरु छनौट गरेको छ । नगरपालिकाले कार्यलय परिसरभित्रै खुल्ला ठाउँमा पारदर्शी रुपले परीक्षा सञ्चालन गरि करारमा कर्मचारीहरु नियुक्त गरेको हो ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले कुनै पनि सोर्सफोर्स र भनसुनबाट नभई आफ्नै योग्यता र क्षमताका आधारमा कर्मचारी छनौटमा जोड दिँदै आएका छन् ।

विभिन्न पालिकामा आसेपासे र कार्यकर्ता भर्तीकेन्द्र जस्तो हुने गरेको देखिएपनि मेयर बगडीया भने निश्पक्ष तथा पारदर्शी ढंगले परीक्षा सञ्चालन गरि योग्य र क्षमतावान कर्मचारीहरु नियुक्ती गराउँदै आएका छन् ।

मेयर बगडीयाले कुनै पनि दवाव, प्रभाव, सोर्सफोर्स, भनसुन ठाडै इन्कार गर्दै र निश्पक्षरुपमा कर्मचारी छनौट हुनुपर्नेमा जोड दिँदै आएका छन् । सोही बमोजिम नगरपालिकाले यसपटक पनि परीक्षा सञ्चालन गरि आवश्यक आवश्यक कर्मचारीहरु नियुक्त गरेको हो ।

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले जिम्मेवारी सम्हालेको दुई साता यता मात्र ६ जना मेडिकल अधिकृत (चिसकत्स), एक जना दन्त चिकित्सक, १० जना स्टाफ नर्स, एक जना रेडियोग्राफर, एक जना फार्मेशी सहायक र तीन जना माध्यामिक तहको शिक्षण सहयोगी उनकै संयोजकत्वमा छनौट गरी नियुक्त भएका छन् ।

नगरपालिकाले तयार गरेको करारमा कर्मचारी तथा शिक्षक छनौट सम्वन्धी कार्यविधि बमोजिम नियुक्त गरिएको मेयर बगडीयाले जानकारी दिए । ‘रंगेलीमा हाम्रो भन्दा राम्रो मान्छे छनौट गर्छौँ ।’ उनले भने,‘कुनै सोर्सफोर्स, भनसुन यहाँ चल्नेवाला छैन । जो योग्य छ, उ आफै परिक्षाबाट छनौट भएर आउन्छन् । हामी निश्पक्ष गर्छौँ ।’

नगरपालिकामा सञ्चालित परीक्षाहरु नगरपालिकाको प्राङ्गणमानै पारदर्शी रुपमा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए । योग्यतामा आधारित छनौट प्रकृया अपनाइएको, कुनै पनि नियुक्तिमा कसैको दवाव तथा भनसुन नआएको र स्वतन्त्र रुपमा परीक्षा सञ्चालन गरिएको छनौट समितिका संयोजक समेत रहेका प्रमुख प्रशासकिय अधिकृत गौतमले बताए ।

नगरपालिका भित्रका सामुदायीक विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीको समेत परीक्षा नगरपालिकामानै हुने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गौतम आएपछि रत्न मावि रञ्जनीमा समेत एक जना कार्यालय छनौट गरि सिफारिस गरिएको छ ।

नगरपालिकामा हुने सम्पूर्ण परीक्षा, परीक्षाका विधि तथा मापदण्ड लोकसेवा, शिक्षक सेवा आयोग तथा नगरपालिकाको मापदण्डलाई आधार मानी गर्ने गरीएको प्रशासन शाखा प्रमुख दिपक प्रकाश तिमिल्सीनाले बताए ।

रंगेली नगरपालिका जस्तै अन्य पालिकाले पनि गर्ने भए पहुँच नभएका सर्वसाधारण जनताका छोराछोरीले निश्पक्ष प्रतिष्पर्धा गरी रोजगारी पाउने थिए । रंगेलीको सिको अन्य पालिकालेसमेत गर्न जरुरी छ ।

सम्बन्धित समाचार

शिक्षादीप स्कुलमा सिंगीन र डान्सिङ्ग प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिन स्टार र डान्सिङ स्टार प्रतियोगिता आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त प्रतियोगिता भएको हो । शिक्षादीप सिंगीन स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश...

मृत्युदण्डलाई जितेर आएका उमेशले १४ वर्षपछी परिवार भेटे

जनकपुर, माघ १३–जनकपुरधाम विमानस्थलमा १४ वर्षपछि भेट भएका दम्पतीको अवस्था हेर्नलायक देखिन्थ्यो । विमानस्थलबाट बाहिरिनेबित्तिकै भएको भेटमा दुवै जना समाजको पर्वाहै नगरी अँगालोमा बेरिएर रूवाबासी गर्दै थिए । घरपरिवारका सबैले माया मारिसकेका धनुषाका उमेश साउदी...

वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइन लगियो

काठमाडौं, फागुन ४–कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो । सो स्थानमा उनीहरुलाई बस्न विशेष...

अब कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६० प्रहरी खटिने

काठमाडौं, १ जेठ-दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब...

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना व्यक्त

काठमाडौं, १० कात्तिक-हिन्दूहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न...

भारतमा एकै दिन थपिए २० हजार कोरोना संक्रमित  

एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय...

कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक

काठमाडौं, १५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एकएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल...

मुख्यमन्त्री राई र युरोपनियन युनियनका राजदुत कोडीबीच भेटवार्ता

विराटनगर, फागुन ३०–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्