२७ वर्षीय युवा अभिषेकले विराटनगरमा खोले ‘द ग्राभेटि लाउन्ज’
मङ्गलबार, १७ पुष, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – १२ का २७ वर्षीय युवा अभिषेक धमलाले विराटनगरमा ‘द ग्राभेटि लाउन्ज’ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । उनले विराटनगर १० मा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । उक्त रेष्टुरेन्टको उद्घाटन नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले गरे ।
विराटनगरको सास्थम कलेजबाट होटल म्यानेजमेन्टको पढाइ सकेर एक वर्ष माल्दिभसमा इन्टर गरेपछि स्वदेश फर्किएका अभिषेकले आफ्नै देशमा स्वरोजगार बन्ने उद्देश्यले रेष्टुरेन्ट खुलेका छन् । माल्दिभसमा रहदा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गरेका अभिषेकले पढाइको अनुभवले उक्त रेष्टुरेन्टमा सेवा दिने पनि उल्लेख गरे । स्वदेशमा नै केही गरौँ भन्ने उद्देश्यले खोलेको उक्त रेष्टुरेन्टमा २० जनालाई रोजगारी दिएका छन् ।
रेष्टुरेन्टमा भारत, इटालीयन, चाइनिज, नेपाली, थाइलगायत विभिन्न देशका खानाको परिकारहरु पाइनेछ । ‘यहाँ अर्ग्यानिक हिसाबको खानाका परिकार पनि यहाँको मुख्य पहिचान हुनेछ । त्यसका साथै आफनो रेष्टुरेन्टमा मासु, खसीको र कुखुराको विभिन्न परिकार पेय पदार्थ लगायत नेपालमा चलिआएका धेरैजसो आइटम पाइनेछ ।’ उनी भन्छन् ‘हाम्रो रेष्टुरेन्टले गुणस्तरमा कम्प्रमाइज गर्नेछैन ।’ मिठो परिकार खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफनो मुल लक्ष्य रहेको उनले सुनाए ।
रेष्टुरेन्ट पारिवारिक बातवरणको रहेको उनले सुनाए । ‘यहाँ लाइभ म्युजिक हुने छैन । शान्त वातवरणमा मिठो परिकार खुवाएर हामी ग्राहकलाई सन्तुष्ट प्रदान गर्नेमा केन्द्रित हुनेछौं,’ अभिषेकले सुनाए ।
उनको विराटनगरमा होटल म्यानिजमेन्ट कलेज पनि रहेको छ । सत्कार होटल एण्ड टुरिजम स्कुलमा अहिले प्लस टु र डिप्लोमा पढाइ हुने गरेको उनले सुनाए । उनको रेष्टुरेन्ट माथि जिम क्लब पनि रहेको छ । जिम र रेष्टुरेन्टमा गरि करिब एक करोड बढी लगानी गरेको उनले सुनाए ।
काठमाडौं, जेठ ८–नेपालमा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षण परीणाम अनुसार थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । योसँगै नेपालमा...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले १३ बुँदे आचार संहिता जारी गरेको छ । विराटनगरमा शनिबार सकिएको बैठकले १३ बुँदे आचार संहिता जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको गोपनीयता भङ्ग...
काठमाडौं, ३ भदौ-नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार अपलोड गरिएको गरिएको भिडियो भाइरल भएपछि उनीहरूलाई कारबाही गर्न दबाब बढेको थियो । महानगरीय अपराध महाशाखा प्रमुख...
विराटनगर । विराटनगर विमानस्थल तीन तहको सरकारको प्राथमिकतामा पर्न नसकेको स्वयम् सरकारका प्रतिनिधिहरूले स्वीकार गरेका छन् । विराटनगर विमानस्थलको विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले बताएका छन्...
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोट्र्स मिट २०७९’ सकिएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न भएको...
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको...
वीरगन्ज, ६ भदौ-वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै हुन् । जिल्लाको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । गण्डक बहुअरीस्थित...
विराटनगर, जेठ २१–राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको सहयोग र परिवर्तनका...