वी.पीको मेलमिलाप नीति पार्टीभित्र प्रयोग गरौ : पराजुली

 न्यूज विराट
वी.पीको मेलमिलाप नीति पार्टीभित्र प्रयोग गरौ : पराजुली

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् ।

नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको वताए ।
पराजुलीले भने ,“बीपीले देखाएको बाटोमा कांग्रेस हिड्न नसकिरहेको वा अल्मलिरहको आभाष सवैको गरेको भन्ने छ , यसमा कार्यकर्ता देखि केन्द्रकै नेतासम्म गुनासो र चिन्ता व्यक्त भएको पनि छ । यसलाई सुधार गर्दै अगाडि वढ्नुको विकल्प छैन । ”
उनले कांग्रेसभित्रै पनि गुटगत अभ्यास चरम सीमामा पुगेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए । उनले भने, “ हामी आफैभित्र पनि मेलमिलापको खाचो छ , यसका लागि सवै कार्यकर्ता तथा पार्टीका मानिसहरुले नेतृत्ववर्गलाई घचघचाउ , । ”

कांग्रेस जिल्लाले गरेको कार्यक्रमको प्रमुख अतिथि बनेका केन्द्रीय सदस्य पराजुलीले संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले धर्मका नाममा विखण्डन ल्याउने भाषा प्रयोग गरेको , काठमाडौंमा दुइजना युवा माथी दिनदहाडै भएको गोलीकाण्डमा मन्त्रीको सम्लग्नता देखिन पुग्नु ,राज्यमा शान्ति अमनचयनको आभाष हुन नसक्नुले वर्तमान सरकारका मन्त्रीहरुमा कतै न कतै कमजोरी रहेको उल्लेख गरे । यस्ता कुराहरुको अपजस कांग्रेसले खोप्नु परेको चिन्ता व्यक्त गरे ।
उनले सनातन हिन्दु राष्ट्रको एजेण्डा कांग्रेसले वोक्नुपर्ने एजेण्डा आफुले उठाउदै आएको र यस विषयमा आफु निरन्तर लागिरहने वताए । यस्तै नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद सुनिल शर्माले वर्तमान सरकार हरेक कुरामा असफल भएको आरोप लगाए ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य कविता सरदार ,कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता , नेपाली कांग्रेस मोरङका उपाध्यक्ष तथा विराटनगर महानगरका मेयर नागेश कोइराला ,कांग्रेस नेताहरु शिवनारायण सिंह गनगाई,सन्जय भट्टराई, तुलसी विस्वास,मदन संग्रौला, मोदराज घिमिरे ,ललित श्रेष्ठ ,निर्मला सुवेदी, दिननाथ आचार्य ,शान्ता रिजाल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

कोशीमा विरामीको छटपटी, शल्यक्रिया गरिएको गर्भवती भुइँमा

दृष्य १ विराटनगर– १८ मटेरूवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छटपटी सुरू भएपछि उनका परिवारले मंगलबार राति ९ बजे कोशी अस्पतालको स्त्री तथा प्रसुती रोग विभागमा लिएर आइपुगे । तर, अस्पतालको शैय्या भरिभराउ...

प्रदेश १ को बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिक

विराटनगर, बैशाख ३–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं....

एमसीसी जसरी पनि संसदबाट पास गर्नुपर्छः कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् । शुक्रबार कोसी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोसी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री...

विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

विराटनगर, ३ असोज–संविधान दिवसमा जनता समाजवार्दी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संविधानमा मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अधिकार नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको हो । संविधान दिवसलाई कालो दिनका रुपमा...

२४ घण्टामा थप १ हजार २२८ जनामा संक्रमण

काठमाडौं, १८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

ऋषिकेसका पुर्व स्वकीयसचिव धरौटिमा रिहा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने मोरङ अदालतले आदेश दिएको छ ।मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेका...

प्रदेश १ मा ८०३ को परिक्षण गर्दा २२२ जनामा कोरोना पुष्टि

विराटनगर, १५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा दुई सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश १ बाहिरका पाँच जना...

सडक दुर्घटनाबाट १ को मृत्यु

विराटनगर, चैत ११–ओखलढुङगा मानेभञ्ज्याङ–५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँ स्थितमा हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्र्याक्टर र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्