एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

 न्यूज विराट
एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।
विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचति भएका हुन् ।
ढकालले ४६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी राईले १२ मत मात्र ल्याए । सचिबमा गोपाल रिजालले ३० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी दिपक प्रसाद घिमिरले २८ मत पाए । सहकारीको अध्यक्ष र सचिब पदमा निर्वाचित भएको थियो । अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्षमा निर्वाचित भएका ढकाल मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको मोरङ पब्लिक स्कुलका प्रिन्सिपल पनि हुन् ।


उपाध्यक्ष नन्दलाल मण्डल, सहसचिबमा दिपेन्द्र राई, कोषाध्यक्षमा हिराबहादुर मगर, सहकोषाध्यक्ष नेत्रप्रसाद गडतौला रहेका छन् । सदस्यहरुमा देवीलाल महतो, अर्जुन श्रेष्ठ, दिनेश ढुङ्गना, केदार पौडेल, महेन्द्र मण्डल रहेका छन् ।


सहकारीको ९२ जना सेयर सदस्य मध्ये ६० मत खसेको थियो । एक मत बदर भएको थियो । एसबीएससी मोरङ जिल्लाभरीको रहेको संस्थागत विद्यालय आवद्ध भएको सहकारी हो । २०६७ मंसिर १५ गते सहकारी स्थापना भएको हो । सहकारीको बचत निक्षेप २ करोड ५२ लाख , कोष हिसाब ६ लाख ८० हजार , ऋण लगानी २ करोड २७ लाख रुपैयाँ रहेको छ । शेयरमा २२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
सहकारीले प्रत्येक वर्ष एसबीएससी सिंगीन स्टार, चित्रकला प्रतियोगितालगायतका विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ । सहकारीले एसबीएससी सिंगीन स्टार हरेक वर्ष आयोजना गरिएको प्रतिष्ठित प्रतियोगिता हो ।

सम्बन्धित समाचार

कोशी प्रदेश सरकारविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न...

अत्यावश्यकबाहेक सबै सेवा बन्द

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले शुक्रबार बेलुका देशवासीका नाममा सम्बोधन...

कोरोना प्रभावित कृषकलाई ४ महिनाको ब्याज अनुदान

जनकपुर, ४ साउन-प्रदेश २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप ४ महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो । सो नीतिअनुरूप जिल्लाका...

सीएनआई कोशी एक्स्पोमा चार सय स्टल रहने

विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक नेपाल उद्योग परिसंघ प्रदेश...

विपद प्रतिकार्य योजनाका विषयमा छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना...

राष्ट्रपति भण्डारीद्वारा नेपाली मौलिक संस्कृतिको संरक्षणमा जोड

लुम्बिनी, १६ मङ्सिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको...

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्