स्रोत नखुलेको साढे १९ लाख सहित विराटनगरबाट एक जना पक्राउ

 न्यूज विराट
स्रोत नखुलेको साढे १९ लाख सहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–५ साहेबगन्जका ४९ वर्षीय सुरेप्रसाद साहलाई स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

उनलाई बुधबार दिउँसो विराटनगर महानगरपालिका–६ केशलियामार्गबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । ‘प्रहरी टोलीले शंका लागेर सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि हामीले नियन्त्रणमा लिएका हौं । अनुसन्धान गरिरहेका छौं । बिहीबार राजस्व कार्यालय पठाएर सार्वजनिक गर्छौं,’ डीएसपी दाहालले भने ।
पक्राउ परेका साहका साथबाट नगदसहित को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एक सेट मोबाइल नियन्त्रणमा लिएको दाहालले बताए ।

सम्बन्धित समाचार

सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री र पोषिलो खानेकुरा

विराटनगर, ५ साउन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित कोशी अस्तालको प्रसुती गृहका सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको...

मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन

काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय...

बालिका बलात्कारपछि हत्या अभियुक्तलाई आजीवन कैद

विराटनगर, माघ १७–विराटनगरकी १० वर्षीया रुपमति दासको बलत्कारपछि हत्या गर्ने दुई जना अभियुक्तलाई अदालतले आजीवन कैदको फैसला गरेको छ । विराटनगर–८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई...

विराटनगरस्थित मेघा बैंकका एक कर्मचारीमा कोरोना

विराटनगर, साउन २७–विराटनगरस्थिथ मेघा बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको बैैंकले जनाएको छ । बैंकका अनुसार संक्रमित विराटनगर–११ निवासी हुन् ।

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् । उनी काठमाडौंमा रहँदा...

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाअभियोग

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...

आइटीमा पनि अब्बल बन्दै शिक्षादीप कलेज

विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षा दीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष...

मंगलबार विराटनगरमा २०१ संक्रमित थपिए

विराटनगर, ११ जेठ । मंगलबार विराटनगरमा १०९ महिला र ९२ पुरुष सहित २०१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५६२४ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १३०३ जना कोरोना संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्