विराटनगरमा साकेलाको रमझम (फोटो फिचर )

 न्यूज विराट
विराटनगरमा साकेलाको रमझम (फोटो फिचर )

विराटनगर । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले मंगलबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् ।

यसैक्रममा विराटनगर ११ साकेला थानमा किरात राइ यायोख्खाले साकेला नाच र विराटनगर १५ किरात याक्थुङ चुम्लुङले च्याब्रुङनाच नाचे । साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाएका छन् ।

हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत पनि गर्दछ ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् ।

बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।

पूजापछि आ– आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । विराटनगर १५ मा चियर प्रतियोगिता आयोजना गरियो ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ ।

सम्बन्धित समाचार

मिसेस कोशीको फाइनलमा १७ जना छनौट

विराटनगर । चौथो संस्करणको मिसेस कोशीको फाइनलमा १७ जना छनौट भएका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा हुँदै गरेको मिसेस कोशी २०२२ प्रतियोगितामा २१ जना प्रतियोगिहरुबाट प्रारम्भीक चरणको प्रतिस्पर्धामा ४ जनाप्रतियोगिहरु बहिरीएका हुन्...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर, १३ मंसिर–प्रदेश १ मा शनिबार १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा छ, धनकुटामा चार, उदयपुरमा दुई, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र...

विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ बिमोचन

विराटनगर, ६ भदौ । भाषा, संस्कृती र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव एक कार्यक्रमका सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित...

आज बकर इद मनाइँदै

काठमाडौं, १७ साउन-इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी पेस

काठमाडौं, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष विपक्षी गठबन्धनले ३१ सांसदकव हस्ताक्षरसहित मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखेरललाई प्रस्ताव गरेको छ । गण्डकी ३१ सांसद नै स्वयं प्रदेश प्रमुख निवास पुगेर नयाँ सरकारमा कृष्णचन्द्रलाई प्रस्ताव...

महिला जागृतीसमूह विराटनगरद्वारा होलिमिलन कार्यक्रम

विराटनगर, ७ चैत । हिन्दुहरूको महत्वपूर्ण चाड होलीको अवसरमा महिला जागृतीसमूह विराटनगरले होलिमिलन कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगर स्थित होटल ह्यारीसनमा होली मिलन समारोह आयोजना गरेको हो । कार्यक्रममा महिला जागृती समूहकी अध्यक्ष...

कोशी प्रदेशस्तरीय अनुसन्धान गोष्ठी सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरू भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा आयोजित बैठकको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरे ।गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्