चर्चित कलाकारले तताए एक्स्पो, आज गायिका आस्था र रचनाको प्रस्तुती
सोमबार, ०९ पुष, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा दैनिक जसो चर्चित कलाकारहरुको प्रस्तुतीले सहभागिहरुलाई मनोञ्जन प्रदान गर्दै आएको छ ।
मोरङ व्यापार संघको आयोजनामा विराटनगर – २ शंकरपुरमा जारी एक्स्पोमा अहिले दैनिक जसो चर्चित कलाकाहरुको प्रस्तुतीले सहभागिहरुलाई भरपुर मनोञ्जन प्रदान गर्दै आएको हो ।
एक्स्पोको तेस्रो दिन आइतबार साझमा चर्चित गायिका एलिना चौहान र गायक महेश काफ्लेले आफ्ना चर्चित गीत प्रस्तुत गरी संगीतप्रेमी स्रोताहरुलाई भरपुर मनोञ्जन प्रदान गरे । गायक काफ्लेले आफ्नो चर्चित गीतबाट सांगीतिक प्रस्तुती आरम्भ गरको उनले आधा दर्जन बढी गीत प्रस्तुत गरे । उनले ‘माया विरानी…सहित आधा दर्जन गीत गाउँदा उपस्थित सयौंको संख्यामा उपस्थित भएका दर्शक झुमेका थिए । गायक महेशपछि स्टेज चढेकी एलिनालाई उपस्थित दर्शकले ‘धोकेवाज हौ तिमी धोकेवाज’ भन्दै चिच्याएर स्वागत गरे । त्यसपछि उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी सहभागिहरुलाई छमछमी नचाइन् । उनले आफ्नो गीत प्रस्तुत गरिरहदा एक्स्पोमा सहभागि भएका तन्नेरी युवा युवतीहरु गोलो घेरा बनाएर हातमा हात मिलाएर छमछमी नाचेका थिए । उनले ‘कुन दशाले तिमीसँग भेट भएछ… बोलको गीतबाट आफ्नो प्रस्तुती आरम्भ गरेकी थिइन् । त्यसपछि लगातार हिट गीतहरु प्रस्तुत गरि ‘जुनीभरीलाई रुवाइ गयौ तिमी, अझै पनि यो मनमा छौ तिमी… गीत गाएर बिट मारेकी थिइन् ।
सोमबार साझमा गायिका आस्था राउत र रचना रिमालको प्रस्तुती रहेको थियो । उनीहरुले आफ्नो चर्चित गीत प्रस्तुत गरी दर्शकलाई उफारे । एक्स्पोमा हरेक साँझदेखि झण्डै मध्यरातसम्म कलाकारहरूले एक्लो प्रस्तुती दिने गरेका छन् । पुसको जाडोसँगै दिउँसो दर्शकको न्यून उपस्थिति हुने भएपछि आयोजकले रातीमात्र स्टेजमा कलाकार उतार्ने गरेको छ । राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको प्रस्तुती हेर्न दर्शकहरूुसँग एक सय रुपैंयाको टिकट काटेरै एक्स्पोमा प्रवेश गर्ने गरेका छन् ।
काठमाडौं, ११ असार-सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली उद्दार गर्ने नीति लिएसँगै अन्तर्राष्ट्रिय उडानहरु बढ्न थालेका छन् । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।...
काभ्रेपलाञ्चोक, जेठ २५-प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित...
काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृत्युपछि नारायणी...
काठमाडौं, ३० वैशाख-भारत सरकारले नेपाली भूमि मिचेर चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले विवाद जमिनमा सडक बनाएर उद्घाटन...
विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा...
महान क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । अष्ट्रेलियाका क्रिकेटर वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको क्रिकइन्फोले जनाएको छ । ५२ वर्षको उमेरमा उनको शंकास्पद हृदयघातका कारण निधन भएको जनाइएको छ । वार्न टेष्ट क्रिकेटमा...
विराटनगर २४ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा पाँच सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा सुनसरीमा तीन सय १०, मोरङगमा एक सय...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । गभर्नर प्रकरणदेखि कर हेरफेरसम्म एकलौटी ढंगले अघि बढ्दा पार्टी छविमा आँच पुगेको भन्दै अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाएका...