केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे संघर्ष गर्छाै: मुख्यमन्त्री कार्की

 न्यूज विराट
केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे संघर्ष गर्छाै: मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् ।
नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने बताएका हुन् ।
उनले उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृतिमा परिवर्तन ल्याए मात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताएका छन् । उनले उद्योगी व्वसायी छुट्टै नभई राज्यको नै अंग भएको स्विकारेर त्यही अनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताएका हुन् ।
‘उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको छ,’ उनले भने, ‘नेपाली जनताको आवश्यक्ता र अपरिहार्यता राष्ट्रपति ज्यूले बुझ्नुभएको छ । त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयनमा चासो राखिदिनु होस् ।’

सम्बन्धित समाचार

विधिवत् रुपमा सुरु भयो छठ पर्व, विराटनगरको गुद्रीमा किनमेल गर्नेको घुइँचो

विराटनगर । तराई मधेसमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ। निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले विराटनगरको गुद्री बजारमा पूजाको सामग्री किनमेल गर्नेको...

रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघ्यो

मस्को, जेठ १२–रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४६ जना नयां थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ३ लाख ५३ हजार ४ सय २७ जना...

स्थानीय सरकारको गैरजिम्मेवारी : कोरोना सङ्कटका बेला विलासी गाडी किन्न टेन्डर

जनकपुरधाम, ४ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यून गर्ने सरकारले लकडाउन लागू गरेका बेला स्थानीय तह जनतालाई राहत दिनुका साट्टा विलासी गाडी किन्न टेण्डर निकालेका छन् । धनुषाको हंसपुर नगरपालिकाले करिब १ करोड...

सरकारको आश्वासन ‘दिवासपना’ मात्रै : विनोद चौधरी

काठमाडौं, ५ जेठ-सांसद विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभूति दिन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले कोरोनाले निम्त्याएको...

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...

बेलबारीमा एक बालिकालाई बलात्कार गरि फरार व्यक्ति ११ महिना पछि पक्राउ

विराटनगर, २५ साउन । मोरङको बेलबारीकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एकजना युवा ११ महिनापछि पक्राउ परेका छन् । जंगलमा निगुरो टिप्न गएकी बेलबारी लक्ष्मीमार्गकी एक बालिकाकाई बलात्कार गरेर फरार भएका बेलबारी ११ का...

विद्यार्थीलाई सिर्जनात्मक बनाउँदै भ्याली पब्लिक

काठमाडौं, २२ वैशाख-कोरोना भाइरस (कोभिड १९) का कारण विद्यालय बन्द भयो । लकडाउनका कारण विद्यार्थी शिक्षक घरबाट बाहिर निस्कन पाएका छैनन् । लकडाउन भएको १ महिनाभन्दा बढी भयो । अब लकडाउन लम्बिए के गर्ने ?...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्