विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् ।
कक्षा १ देखि ५, कक्षा ६ देखि ८ र कक्षा ९ देखि १२ सम्म गरि तीन वटा तहमा प्रतिष्पर्धा भएको हो । प्रि अडिसन, अडिसन, रिदमिक राउण्ड हुँदै सेमिफाइनलसम्मको स्पर्धा सम्पन्न भएको हो । जसबाट कक्षा १ देखि ५ सम्मको स्पर्धामा कक्षा २ अन्नपूर्णका रायन भट्टराई, कक्षा ३ गौरिशंकरका आर्यमन दुलाल, कक्षा ५ मकालुका अविशा भण्डारी, कञ्चनजंघाका श्रीयांश खड्का र निपुन काफ्ले फाइनलमा पुगेका छन् । यस्तै कक्षा ६ देखि ८ बिचको स्पर्धाबाट कक्षा ६ सगरमाथाका शिभम् पघिया, माछापुच्छ्रेकी आरोही तिम्सिना र अन्नपूर्णबाट सुवास्ना श्रेष्ठ, कक्षा ८ धौलागिरीबाट कृषा पोखरेल तथा गौरिशंकरबाट कृष्ण निरौला फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरि कक्षा ९ देखि १२को स्पर्धामा कक्षा ९ सगरमाथाकी स्मारिका आचार्य, अन्नपूर्णबाट यूनिशा न्यौपाने र सगरमाथाबाट श्रीदिमा प्रधान, कक्षा १२ को स्मिथबाट आर्या गुभाजु र पास्कलबाट पर्शु श्रेष्ठ फाइनलमा प्रवेश पुगेका छन् ।
प्रतियोगिताको सेमिफाइनलको निर्णायकमा संगीत प्रशिक्षक तथा गायक कुशेश्वर राई रहेका थिए । माघको अन्त्यतिर हुने फाइनल स्पर्धाका रहेक तहका विजेतालाई १० हजार, द्धित्तियलाई ७ हजार र तृतियलाई ५ हजार नगद सहित ट्रफि प्रदान गरिने भएको छ ।
विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...
मोहन अधिकारीको शब्द रचना र कमल खत्रीको स्वर रहेको गित सार्बजनिक भएको छ । लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका अधिकारीको शब्दमा खत्रिले स्वर दिएको गित ‘म तिम्रै हुँ’ को लिरिकल भिडियो सार्वजनिक भएको हो...
काठमाडौं, ३१ जेठ-सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुमेको भूभाग फिर्ता लिने सम्वन्धमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । शनिबार नेपालको गुमेको भू-भाग राखेर निशान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधनको दोस्रो...
विराटनगर । बालबालिका प्रयोग गरी तरकारी बजार र हटियामा सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहको सदस्य पक्राउ परेका छन् । विराटनगरको साप्ताहिक हाट बजारमा तरकारी किन्न गएका सर्वसाधारणको सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहका एक...
विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका मागलाई चाँडो सम्बोधन गर्ने बताएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग बुधबार भएको भेटको क्रममा अर्थमन्त्री पौडेलले उनीहरूलाई यस्तो बताएका हुन् । बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी...
काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन...
विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम एक साता भित्र काम सुचारू नभए जनता साथमा लिएर आन्दोलनमा उत्रिने जनप्रतिनधीहरूले चेतवनी दिएका छन् । मोरङका संघीय सांसद, प्रदेश र पालिका प्रमुखहरुले बिहीवार...
विराटनग । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत पु¥याउनको लागि सभामुख बाबुराम गौतमको राजीनामा दिने भएका छन् । राप्रपाले आफू तत्काल कुनैपनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको...