विराटनगर । प्रहरीले भारत तस्करी हुन लागेको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका –९ भचुवा बस्ने २१ वर्षिय रबिन राईलाई १३ केजी गाँजासहित आइतबार पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला बाट खटिएका प्रहरी निरीक्षक ऋषि राज ढकालको कमाण्डमा खटिएको टोलीले पक्राउ परेका राईको घर नजिको ग्वालीमा अबैध रुपमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको गोप्य सुचनाको आधारमा बरामद गरेको उदयपुर प्रहरीले जनाएको छ । बरामद गरेको गाँजा भारत तस्करी गर्ने योजना रहेको प्रहरीको प्रराम्भिक अनुस्न्धानबाट खुलेको छ । पहाडी जिल्ला धनकुटा, भोजपुरलगायतबाट गाँजा तस्करी हुने र तराइको नाकाहरुबाट भारततर्फ गाँजा तस्करी हुने गरेको छ ।
गाँजासहित पक्राउ परेका राईलाई इप्रका रामपुर ठोक्सिलाले सोमबार अदालतमा म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।