विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले रकेट बनाउँदै ६ दिने विज्ञान सम्बन्धी कार्यशाला सकिएको छ । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी यति ठूलो र भव्य कार्यशाला विराटनगरमा आयोजना गरेको थियो । उक्त कार्यशाला सोमबार सम्पन्न भएको हो ।
कार्यशालामा विद्यार्थीहरूले दश हजार फिट उड्ने रकेट बनाएका छन् । उक्त रकेट शिक्षादीप कलेजमा अध्ययरत २० जना विद्यार्थीहरूले कार्यशालामा बनाएको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । ६ दिनसम्म संचालन भएको कार्यशालामा विद्यार्थीहरूले रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गरेका छन् । कक्षा १२ मा विज्ञान संकाय अध्ययन गर्दै आएका ४९ जना विद्यार्थीहरू कार्यशालामा सहभागि भएका थिए ।
रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा शिक्षादीप कलेजले विज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुका लागि कार्यशाला गरेको थियो । काठमाण्डौबाट द स्कुवाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशील देव भट्टराई, संयोजक एलन बराल, प्रशिक्षकहरु दिवस खनाल, विहाग सापकोटा, प्रनिश शर्मा, रिसम साह, सफल निरौला र विशाल न्यौपानेले विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए । कार्यशालाको पहिलो दिन ७ जना विद्यार्थीहरुले पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार पारेका थिए । त्यसपछि कार्यशालामा उनीहरुले १० हजार फिट उचाइमा उड्ने रकेट बनाएका हुन् । फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको छ ।
कार्यशालमा विद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक सिकेका थिए । कार्यशालामा विद्यार्थीहरुले ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिकेका छन् । त्यसैगरी विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकाएका थिए । समापन कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले काठमाण्डौ बाहिर पहिलो पटक विज्ञानसँग सम्बन्धी कार्यशालाबाट विद्यार्थीहरुले धेरै ज्ञान आर्जन गरेको बताए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर आउट नलेज व्यवहार्रमा उतारेको उनले बताए । यस्तो कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने उनले बताए । कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जोगाउने उनले बताए ।
कार्यक्रममा शिक्षादीप कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले विद्यार्थीहरुको क्षमता अभिवृद्धीको लागि काठमाण्डौ बाहिर पनि विज्ञानसँग सम्बन्धी कार्यशाला जरुरी रहेको बताए । उनले रिसर्चमा राज्यले लगानी गरिनुपर्ने बताए । त्यसको लागि आगमी आर्थिक वर्षमा रिर्सचको लागि पनि बजेट बिनायोजन गर्नका लागि पहल गर्ने उनले बताए ।
काठमाडौं, माघ २५ । आफ्नै पार्टीभित्र समेत सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहासकै सवैभन्दा ठूलो...
विराटनगर । आर्थिक क्षेत्रमा केही सकारात्मक संकेतहरू देखिएको भए पनि समग्रमा अर्थतन्त्रमा निराशाको कालो बादल छाएको विराटनगरमा आयोजित एक कार्यक्रममा यहाँका उद्योगी व्यवसयाीहरुले बताएका छन् । विराटनगरमा शुक्रबार भएको मोरङ उद्योग व्यापार संघको ६८ औँ...
विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी हटाएका छन् । सूचना संकलनका लागि भनेर यसअघि परिचालन भएको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर उनीहरुको...
नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...
एजेन्सी, जेठ ९-अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको...
जनकपुर, ४ वैशाख-लकडाउनको मौका छोपी जंगलबाट चोरीतस्करी गर्नेविरुद्ध प्रदेश–२ मा वन कार्यालयले विशेष अभियान चलाएका छन् । यही अभियान अन्तर्गत बाराको चैतापुर वनबाट गएराती ८ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवनारायण...
पेरिस, १५ असार-फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली...
नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी नाम गरिएका व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ । एमालेको प्रचार विभागमा एम अधिकारी पनि सदस्य भएपछि ती व्यक्ति गभर्नर...