सुख दुःखमा जीवन विकासको साथ

 न्यूज विराट
सुख दुःखमा जीवन विकासको साथ

विराटनगर । बिहीबार दिउँसो ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुना कुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तिय संस्था झोराहाट शाखाकी प्रमुख सृजना खवास सहयोगी कर्मचारीसहित झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स, साबुन च्यावनप्राश र पाउडर राखिएको झोला उपहार दिइन् । ब्लाङकेट निकालेर कोक्रोमा सुतिरहेकी शिशुलाई ओडाइन । बोकेर लगेको आँप र लिच्चीको बिरुवा करेसाबारीमा रोपिदिइन् । यारुनालाई एक हजार रुपैयाँ दिएर फर्किइन् ।

जीवन विकास लघुवित्तको केन्द्र नम्बर ४६ की सदस्य सरदार सुत्केरी भएपछि उपहार र बिरुवा बोकेर शाखा प्रमुख खवास पुगेकी हुन् । संस्थामा आबद्ध सदस्यको घरमा जन्ममा खुसी र मृत्युमा समवेदना प्रकट गर्न उनी बिरुवा बोकेर पुग्छिन् । खवास मात्र होइन्, जीवन विकास लघुवित्तको १६० शाखा कार्यालयका कर्मचारीहरु सदस्यको सुख दुःखमा बिरुवा बोकेर घर–घर पुग्छन् । जन्मिएका र मृत्यु भएका व्यक्तीको नाममा फलफुलको विरुवा रोपेर फर्कन्छन् । ‘सदस्यको घरमा जन्म र मृत्यु हुँदा हामीलाई खबर आउँछ,’खवास भन्छिन्,‘हामी फलफुलका बिरुवा बोकेर उहाँहरुको घरमा पुग्छौं र करेसाबारीमा रोपेर फर्कन्छौँ ।’

उनका अनुसार सदस्य सुत्केरी हुँदा दुई वटा बच्चासम्म लघुवित्तले सुत्केरी सुविधा दिने गरेको छ । नर्मल डेलिभरी भएका सदस्यलाई एक हजार र अप्रेशन गरेकालाई दुई हजार दिने उनले बताइन् । हर्लिक्स, च्यावनप्राश, साबुन, ब्लाङकेटलगायत कोसेली पनि संस्थाले दिन्छ ।
सदस्य र सदस्यको श्रीमानको मृत्यु भए जीवन विकासले दश हजार रुपैयाँ काजकिरिया खर्च पनि दिन्छ । शोकमा डुबेको सदस्यको घरमा पुगेर संस्थाका कर्मचारीले मृतकको नाममा फलफुलको बिरुवा रोपेर फर्कन्छन् ।

जन्म र मृत्यु भए सदस्यको घर पुगेर लघुवित्तले बिरुवा रोप्न थालेको तीन वर्ष भयो । सदस्यको सुखदुःखमा संस्था साथमा रहेको आभास दिलाउन यो अभियान सञ्चालन गरिएको जीवन विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । उनका अनुसार विपन्न परिवारमा जन्मने नवजात शिशुले पनि सफा कपडा र सुत्केरीले पोष्टिक आहार खान पाउन भन्ने उद्देश्य सहित संस्थाका कर्मचारी सदस्यको घरमा जन्मिएको शिशुको लागि ब्लाङकेट र सुत्केरीका लागि हर्लिक्स, च्यावनप्राश, साबुन लिएर जान्छन् र नवजात शिशुको नाममा दुई वटा फलफुलको बिरुवा रोपिदिन्छन् । त्यसरी नै सदस्यको घरमा मृत्यु भएमा समवेदनाका लागि पुग्छन् र मृतकको नाममा दुई वटा फलफुलको बिरुवा रोपिदिन्छन् । बिरुवाले भोलि उत्पादन दिन्छ, बारीमै उत्पादन भए सिजनका फलफूल खान पाइने र वोटविरुवाले वरिपरीको वातावरण स्वच्छ राख्नमा टेवा पनि पुग्ने भयो । यसरी रोपेको बिरुवाको संरक्षण पनि भएको छ ।

‘सार्वजनिक स्थानमा गरेको वृक्षारोपण हेरचाह नभएर असफल भएको देखेका छौं,’उनले भने,‘ सुख दुःखमा जीवन विकासले व्यक्तीको नाममा रोपेका बिरुवाले राम्रो स्याहार पाएका छन्, बिरुवा मरेको गुनासो पनि आएको छैन ।’
व्यक्तीको नाममा रोपिएको विरुवा परिवारको भावनासँग पनि जोडिने भएकाले संरक्षण भएको उनको भनाई छ । ‘हामी सधैँ सदस्यसँगै हुन्छौं,उहाँहरुको सुखदुःखमा साथ रहने भएकाले सम्झनाका लागि बिरुवा रोप्छौं,’
जन्म र मृत्युमा बिरुवा रोपिदिने अभियान सुरु गरेको तीन वर्षमा संस्थाले तीन हजार ३ सय १६ सदस्यको घरमा पुगेर ६ हजार ६ सय ३२ वटा फलफुलको विरुवा रोपेको उनले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक

काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा...

विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गरिने

सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, ६ फागुन । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प...

सामाजिक विकास मन्त्रालयले एक दर्जनबढी श्रष्टालाई सम्मान गर्ने

विराटनगर, असार २६–प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने...

इटाली, फ्रान्स र र स्पेनमा मृत्यु हुनेको संख्यामा कमी

एजेन्सी, बैशाख २२-कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटली, स्पेन र फ्रान्समा पछिल्लो २४ घन्टामा मृत्युदरमा भारी मात्रामा कमी आएको छ । फ्रान्समा १३५, स्पेनमा १६४ इटलीमा १७४ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।...

प्याब्सन मोरङको नवनिर्वाचित समितिको पदस्थापन

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन भएको छ । प्याब्सन मोरङको सभाहलमा मंगबलार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई सपथ...

पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । यसैगरी, बालहितकारी परियोजनाले १ लाख १...

प्रदेश २ का आन्तरिक मामिलामन्त्री यादवलाई कोरोना संक्रमण

जनकपुरधाम, २२ साउन-प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइस (कोभिड-१९) पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको हो ।   उनलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्