मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन
बिहिबार, २८ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।
आफन्तले छानविन समितिको माग गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानविनका लागि समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई बन्दीको मृत्यु भएको घटनाका सम्बन्धमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएका छन् । जवरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको गत बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भूजेलको मृत्युको घटनालाई उनका परिवारले शंकास्पद भन्दै पोष्टमार्टम नगर्ने र घटनाको घानविन हुनुपर्ने अडान लिएका थिए । भुजेललाई कारागारभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको र मृत्यु भएको आफन्तको आरोप छ । तेसैले गर्दा पनि छानविनको माग गरिएको उनीहरुको भनाई छ । भुजेलको मृत्यु हुनुभन्दा एक घण्टा अगाडि ४ बजे मृतकका भान्जी एलिना भूजेललाई खबर गएको थियो । मृतकका आफन्तले शव हेर्दा कुटपिट गरेको देखिएको र टाउकोमा चोट तथा रगत देखिएको दाबी गरेका छन् ।
श्रीमानलाई कारागारभित्रै कुटपिटपछि घाइते बनाएर अस्पताल ल्याएको आशङ्का भएको भुजेलकी श्रीमती रामकुमारी भुजेलले बताइन् । पोष्टमार्टम गरेपछि छानविन ढिसमिस हुने अवस्था रहेको भन्दै आफन्तले कोशी अस्पतालको शवगृहमै शव राख्ने र छानविन प्रतिवेदन आएपछि मात्रै पोष्टमार्टम गर्न दिने बताएका छन् । ‘अहिलेसम्म शव बुझेका छैनौं,’ भान्जी एलिनाले भनिन् । कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याएको थियो । कोशीको आइसियू खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो । तर, उनको उपचारको लागि अरु अस्पताल नलगिँदा उनको मृत्यु भएको थियो । मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेका छन् । कारागार भित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरुले कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ । यस्तै कैद भुक्तान गरि निस्किएकाहरुले दिएको जानकारी अनुसार मोरङ कारागरामा १० दिन (१, ११ र २१ गते) भित्र कारागार भित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदीबन्दीहरुलाई चौकीदार र उनका निर्देशनमा नाइके, भाइ नाइकेहरुले यातना दिने गर्छन् । यातना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरु पनि छन् । आफन्तले भने पटपटक पिसाव लाग्यो भन्नु र पेट दुख्या भन्दै शौचालय जानुमा भुजेलको अण्डकोषमा कुटपिट भएको लक्षण भएको दाबी गरेका छन् । मगर गत कार्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशपछि मगर कार्तिक अन्तिम सातादेखि मोरङ कारागारमा थिए । मोरङ कारागारमा शुक्रबारसम्म ९४७ पुरुष र ९५ महिला गरि १ हजार ४२ जना कैदीबन्दी रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट...
विराटनगर । बेलायतमा क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउण्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई सहयोग गर्ने भएको छ । विथ आउट बाउण्डरी र नेपाल क्रिकेट फाउण्डेशनले आईतबार विराटनगरमा पत्रकार...
विराटनगर, २९ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–०...
काठमाडौँ, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गरिने बताएका छन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश नहोस् भन्दै उच्च सतर्कता अपनाएको समेत बताए । पहिलो प्राथमिकता नेपालमा कोरोना संक्रमणलाई प्रवेश नहोस्...
विराटनगर, १० भदौ । मोरङको बिराटनगर महानगरपालिका-१ का ५५ बर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान बिराटनगर महानगरपालिका-११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिहारीको...