जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई

 न्यूज विराट
जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको उपाधि जितेका हुन् ।

पालिकाबाट छनौट भएर फाइनलमा ३८ वटा विद्यालय पुगेका थिए । विराटनगरस्थित आरोहण गुरुकुलमा भएको प्रतियोगिताको फाइनलमा जुनियरतर्फ रेडस्टारले २० र सिनियरतर्फ सुविजिमुरले १६ वटा विद्यालयलाई पछि पार्दै उपाधि हात पारेको हो ।

जुनियर तर्फको द्धितीय सुन्दरहरैचाको स्कर्लसहोम स्कुल, तृतीय पथरीको एभरेष्ट स्कुल र सान्तवना बुढीगंगा गाउँपालिकाको मोरङ पब्लिक स्कुल भयो ।

यसैगरी सिनियरतर्फको द्धितीय पथरीको रडेस्टर, तृतीय बेलबारीको बालजगत स्कुल र सान्तवना सुन्दरहरैचाको बालप्रतिभा स्कुल भएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्धितीयले १० हजार, तृतीयले ५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकहरुमा रोशन कर्मचार्य, देवराज खड्का, मिथुन ठाकुर रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रहेका थिए । प्याब्सन मोरङले विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिता गर्दै आएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । प्याब्सनले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्दै संस्कृति संरक्षणमा पनि महत्वपूर्ण भुमिका खेल्दै आएको बताए ।
प्रतियोगिताको फाइनलमा जुनियरतर्फ पूर्वाञ्चल पब्लिक, एभरेष्ट स्कुल, दिव्यज्योति, हिमालय बालसंसार, एभरेष्ट, मिनिल्याण्ड, आर्दश, बालप्रतिभा, जिवन विकास, सनग्लोरी, स्कर्लसहोम, एजेलिया, माउण्टएभरेष्ट, रेडस्टार, शिक्षा सन्देश, सप्तकोशी, मोरङ पब्लिक, माउण्ड मकालु, सनसाइन, रिलायन्स र भानु सेकेण्डरी स्कुल पुगेका थिए ।
यसैगरी सिनियरतर्फ विध्याज्योति, आर्दश, रिलायन्स, एभरेष्ट, लम्भिएन्जल्स, बालजगत, पूर्वाञ्चल, सुविजिमुर मेमेरियल, अरनिको, सिद्धार्थ सिसुसदन, मिनिल्याण्ड, जिवन विकास, पशुपति, भृकृटिमोडल, बालप्रतिभा, सनसाइन र रेडस्टार स्कुल फाइनलमा पुग्न सफल भएका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो...

नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी...

नेपाल–भारत रेलवे सम्झौता संशोधन हुँदै, लागत घट्ने भएपछि व्यवसायी उत्साहित

काठमाडौं, २० असार । नेपाल–भारत रेलवे सर्भिस एग्रिमेन्ट संशोधन हुने भएको छ । संसोधन भएपछि नेपाली व्यवसायीले जुनसुकै कार्गो रेलमार्फत भारतबाट सामान ल्याउन पाउँनेछन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले संशोधनको ड्राफ्ट भारत सरकारलाई पठाएको...

धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १८ जेठ ।धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प...

४५ हजार परिवारलाई घरघरमै राहत सामग्री

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् । ८ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई...

देउवालाई विश्वासको मत दिएको भन्दै युवा संघले जलायो माधव नेपालको पुतला

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुतला दहन गरिएको छ । सोमबार बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालको पुतला दहन गरेको हो । प्रदर्शनमा...

लखिमपुर हिंसा : पूर्व मुख्यमन्त्री अखिलेश यादव पनि पक्राउ

लखिमपुर हिंसा प्रकरणपछि लखनऊस्थित आफ्नै निवासमा धर्नामा बसेका उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई पनि प्रहरीले हिरासतमा लिएको छ । यसअघि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई लखिमपुर जाने क्रममा प्रहरीले बाटोबाटै पक्राउ गरेको थियो ।...

मोरङ कारागारमा देवीको मन्दिर बन्दै

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र देवीको मन्दिर बन्ने भएको छ । कारागारभित्र महिलातर्फको ब्लकभित्र देवीको मन्दिर बन्ने भएको हो । नयाँ बन्ने मन्दिरको शिलान्यास शुक्रवार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्